फेसबुकको एक कमेन्टले व्यापारीमा खैलाबैला, भएको के थियो ?

फेसबुकको एक कमेन्टले व्यापारीमा खैलाबैला, भएको के थियो ?

facebook photo

काठमाडौँ ।  पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने बक्र्यौता रकम नतिरी शक्ति केन्द्र धाउँदै हिँडेका व्यापारीले सकेसम्म राज्यलाई अप्ठ्यारो पार्ने प्रपञ्चमा लागेका छन् ।  राज्यमारा र प्रयोग गरेको विद्युत्को बिल समेत तिर्न अटेर गर्दै आएका व्यापारीले सर्वोच्च अदालत, उच्च अदालतमा निवेदन दिएकै भरमा उम्कन सकिन्छ कि भनेर अनेकन तिकड्म र षड्यन्त्र समेत जारी राखेका छन् ।

यसै क्रममा घटनामा नयाँ टुइस्ट आएको छ । प्राधिकरणको बिल तिर्न अटेर गर्दै आएका व्यापारीलाई व्यपारीकै अर्का नेताले सामाजिक सञ्जाल फेसबुकमा एक झटारो हानेपछि यतिखेर व्यापारीमा खैलाबैला मच्चिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघमा ‘फेसबुक काण्ड’ ले हलचल ल्याएको छ । यो खबर आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

महासंघका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले आफ्नो फेसबुक पेजमा शेयर गरेको ‘कन्टेन्ट’ ले हलचल ल्याएको स्वयम व्यापारीहरु नै बताउँछन् । श्रेष्ठले गत बुधबार ‘कुलमान घिसिङ बिजुलीको बिल नतिर्ने लुटेराहरुको लिस्ट तयार भएछ’ भन्ने कन्टेन्ट शेयर गरेका छन् । यो कन्टेन्ट सामाजिक संजालमा केही दिनदेखि भाइरल भएको विषय  थियो ।

कुनै एउटा समूहले तयार पारेर फेसबुक र ट्विटरमा हालेको कन्टेन्टलाई श्रेष्ठले शेयर गरेका थिए । अनि त के चाहियो र प्राधिकरणको बक्र्यौता नतिर्न अनेकन तिकडम गर्दै आएकालाई समेत त्यसले राम्रै पु¥याएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds