यूएई – बैदेशिक रोजगारिका लागि युएई गएका नेपालीहरु बिच नेपालको विकासको कुरा गर्दागर्दै विवाद भएपछि चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ । एउटै कम्पनीमा कार्यरत सँगै बस्ने नेपालीहरु बिच देशको बिकासको कुरा गर्दा विवाद बढेपछि चक्कु प्रहारबाट पाल्पा तानसेनका तिलक चौधरीको ज्यान गएको हो ।
रसअल खेमामा सरसफाइ गर्ने कामदार सप्लाई गर्दै आएको बेस क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईको चक्कु प्रहारबाट चौधरीको ज्यान गएको हो । गत सोमबार दिउँसो रक्सी खाएका बेला उनीहरुबीच नेपालका आफ्नो गाउँमा भएको बिकास बारे भनाभन भएको थियो ।
‘कामगर्ने ठाउँबाट खाजा खान कोठामा आउँदा उनीहरु बसेर रक्सी खाँदै थिएँ, प्रत्यक्षदर्शी ती साथीले भन्नुभयो,‘ तिलकले पाल्पामा ठूल्ठूला गाडी चल्ने बाटो रहेको र देशकै नमुना जिल्ला भएका भने, अनि रमेशले आफ्नो गाउँको मान्छे देशको राष्ट्रपति भएको र पाल्पामा भन्दा भोजपुरमा विकास भएको भन्दै भनाभना गरिरहेका थिए ।’
भनाभनै क्रममा युगेन्द्रले तिलकलाई चक्कु प्रहार गरेका हुन् । घटनापछि स्थानीय प्रशासनले अनुसन्धानका लागि ३ जना नेपालीलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये दुई जना नेपाली छुटेर काममा फर्किएका छन भने राईलाई थप अनुसन्धानका लागि जेल चलान गरिएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष