आफुले चै काहा परेवा उडायेका थियौ र ?
काठमाडौं– रेखा थापाले माओवादी र नेपाल कम्युनिस्ट पार्टी तथा यी पार्टीका नेताहरुमाथि कडा अभिव्यक्ति दिन थालेकी छिन् । त्यो पनि सामाजिक सन्जालबाट ।
त्यहीमध्ये एउटा हो, रेखाले केही समयअघि मात्र गरेको ट्विट । अनलाइन सन्चारमाध्यम सेतोपाटीमा आएको एउटा समाचारको स्क्रिन सट लिएर रेखा थापाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि एउटा प्रश्न गरेकी छिन् ।
यो समाचार प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहमाथि राखेको एउटा अभिव्यक्तिको समाचार हो । प्रचण्डले बम पड्काएर परिवर्तन हुन्छ भन्ने धारणा राख्नु विप्लवको गल्ती भएको बताएको समाचारमा रेखाले प्रश्न गरेकी हुन्– आफूले चाहिँ परेवा उडाएको हो र ?
पछिल्लो समय रेखा थापाले विप्लव समूहलाई समर्थन गरिरहेको हल्ला पनि चल्न थालेको छ । तर, उनी स्वयंले भने यसबारे केही बताएकी छैनन् । रेखाले आफ्नो ट्विटरमा प्रचण्डमाथि प्रश्न राखेपछि अधिकांश कमेन्टहरु चाहिँ उनी र प्रचण्ड केही समयअघि नाचेको सन्दर्भका आएका छन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण