साझा विवेकशील पार्टीले नेपाली नागरिकसँग विहे गर्ने विदेशीलाई नेपाली नागरिकता लिन ७ वर्ष स्थायी बसोबास गरेको व्यवस्था गर्नुपर्ने धारणा राखेको छ ।
नागरिकता विधेयकमाथि मंगलबार आफ्नो धारणा राख्दै साझा विवेकशील पार्टीले महिला या पुरुष जो भए पनि नेपालीसँग विहे गरी आउने विदेशी नागरिक ७ वर्ष नेपालमै स्थायी बसोबास गरेपछिमात्र नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताएको हो ।
‘नागरिकता नपाउँदासम्म पारिवारिक सम्बन्ध व्यवस्थापन गर्न, कानूनीरूपमा निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न र अन्य अत्यावश्यक कार्यहरू गर्नका लागि विशेष परिचय पत्र प्रदान गर्न सकिन्छ’ प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी वक्तव्यमा भनिएको छ ‘त्यसो गर्दा महिला र पुरूषबीच नागरिकता वितरणमा रहेको एउटा प्रमुख विभेद अन्त्य हुन्छ ।’
साझा विवेकशीलले आमाको नागरिकता लिँदा बुबाको पहिचान खुलाउनुपर्ने व्यवस्था विभेदकारी रहेको भन्दै संभव भए बुबाआमा दुबैको परिचय खुलाउनु उपयुक्त हुने बताएको छ । ‘तर कसैले नागरिकता प्राप्त गर्नकै लागि गलत सूचना दिएको भेटिएमा कुनै पनि बेला कानुन बमोजिम कारवाही गरि उक्त नागरिकता खारेज गरिनु पर्छ’ साझा विवेकशीलले भनेको छ ।
साझा विवेकशीलले २०५४ सालमा जितेन्द्रनारायण देवको समितिले ३४ हजार व्यक्तिलाई जन्मको आधारमा दिएको नागरिकता खारेज गर्न पनि माग गरेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार