काठमाडौ– संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच वैशाख २३ गते पार्टी एकीकरणको घोषणा हुने भएको छ। लामो समयदेखि एकीकरणका लागि जुटिरहेका ती दुई पार्टीबीच बल्ल एकताको साइत जुरेको हो ।
पार्टी एकतालगत्तै अहिलेसम्म एकीकृत पार्टीमा दुवै दलका अध्यक्ष रहने गरि अध्यक्षमण्डल रहने तयारी भएको छ । अर्थात नेकपाको मोडेलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक डा।बाबुराम भट्टराई दुईजना नै अध्यक्ष रहने बताइएको छ । निर्णय गर्ने अधिकार दुवैजनाको समान रहने भएपनि वरिष्ठताक्रममा भट्टराई पहिलो नम्बरमा रहने बताइएको छ ।
अरु पदको बारेमा दुई पार्टीबीच छलफल भइरहेको छ । नयाँ शक्ति नेपालले एउटा अर्को शर्त पनि अघि सारेको छ, त्यो सरकार छाड्ने कुरा । नयाँ शक्तिले फोरम नेपाललाई सरकार छाड्न भनेको छ । यसको विषयमा फोरम नेपालले कुनै निर्णय दिएको छैन । यस विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने भनेको छ ।
फोरम नेपालले राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाललाई यो एकीकरणमा सामेल गराउन भनेको छ । त्यसका लागि एक दुईपटक तीनटै दलको बीचमा छलफल पनि भएको छ, तर राजपा नेपालको तर्फबाट खासै सक्रियता नदेखाएपनि फोरम नेपाल र नयाँ शक्ति नेपालले भने पार्टी एकताको मिति तय गरेका हुन् ।
नयाँ शक्तिसँग एकीकरण गर्ने निश्चित भएपछि फोरम नेपालले आफ्नो केन्द्रीय महाधिवेशन सार्ने तयारी गरिरहेको श्रोतले जनाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु