पोखरा । पाँचौँ संस्करणको इक्विस्ट्रियन घोडादौडको हाइजम्प प्रतियोगितामा नेपाली सेनाका जगदिश घिसिङले नयो राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन् । नेपाल इक्विस्ट्रियन सङ्घको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् र नेपाली सेनाको संयोजनमा पोखरामा आयोजना गरिएको प्रतियोगितामा घिसिङको घोडा ‘सम्मोहन’ले पाँच फिट नौ इन्चको जम्प गरी नयाँ कीर्तिमान तोडेका हुन् ।
शुक्रबार भएको प्रतियोगितामा यसअघि रामहरि खड्काको नाममा रहेको पाँच फिट पाँच इन्चको कीर्तिमान तोड्दै घिसिङले स्वर्ण पदकसहित नगद पुरस्कार रु २० हजार प्राप्त गरेका छन् । नेपाली सेनाकै राजेन्द्र थापाले रजत तथा करण चौधरीले कास्य पदकसहित नगद रु १५ हजार र १० हजार पुरस्कार पाए । प्रतियोगिताअन्तर्गत सोजोन इभेन्टको बाधा दूरी एक मिनेटमा पूरा गरेर नेपाली सेनाका ओमप्रकाश यादवले स्वर्ण पदक जिते ।
सेनाकै जगदीश घिमिरेले एक मिनेट १३ सेकेण्डमा पार गर्दै रजत र मेघविक्रम खड्काले कास्य पदक पाए । उनीहरुले पनि जनही नगद रु २०, १५ र १० हजार पुरस्कार पाए । टेण्ट पेगिङतर्फको इभेन्टमा नेपाली सेनाका प्राविधिक सुवेदार गोविन्दबहादुर खड्काले स्वर्ण पदक जितेका छन् भने नेपाली सेनाकै ओमप्रकाश यादवले रजत र लिलाराम खडकाले काश्य पदक जिते । उनीहरुले पनि क्रमशः नगद २०, १५ र १० हजारका साथमा प्रमाणपत्र प्राप्त गरे । स्थानीय घोडा दौड ‘पोनी रेस’ तर्फ राज अधिकारीले स्वर्ण पदक जिते । उनले नगद रु १५ हजार प्राप्त गरे भने नवीन पुनले रजत जित्दै नगद रु १० हजार र रोहित गौतम कास्य पदका साथ नगद रु पाँच हजार प्राप्त गरे ।
विजेतालाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, पश्चिम पृतनापती काजीबहादुर खत्री, नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ, नेपाल इक्वेस्ट्रीयन सङ्घका अध्यक्ष रविराज कर्णीकारले पदक तथा नगद पुरस्कार प्रदान गरेका थिए ।
https://www.facebook.com/2075877992661613/videos/444069779692939/?t=0
सम्बन्धित खबर
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो