८/९ लाख कार्यकर्ता भएका हामी, दलाल नोकरशाही एकैदिन लखेट्न सक्नुपर्ने, तर सक्दैनौं जस्तो लाग्छः प्रचण्ड

८/९ लाख कार्यकर्ता भएका हामी, दलाल नोकरशाही एकैदिन लखेट्न सक्नुपर्ने, तर सक्दैनौं जस्तो लाग्छः प्रचण्ड

parchanda

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलालहरुलाई लखेट्न नसक्ने होकि भन्दै आशंका ब्यक्त गरेका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले कम्युनिस्ट आन्दोलन र पार्टीमा व्यत्तिवाद हावी भएको बताए ।

‘थोरै हुँदा संसारै जितिन्छ भनेको जस्तो मान्ने हामी अहिले सबै हुँदा केही पनि सकिँदैन क्यारे भने जस्तो किन भएको छ ?’ उनले प्रश्न गरे । उनले अघि भने, ‘हामी ८/९ लाख कार्यकर्ता छौं । यत्रो कार्यकर्ताको पंक्ति हुँदा जे पनि गर्न सक्छु भनेर आँट आउनुपर्ने । दलाल नोकरशाही एकैदिन लखेट्न सक्नुपर्ने तर, सक्दैनौं जस्तो लाग्छ ।’

पार्टी र कम्युनिस्ट आन्दोलनमा हार्दिकता कम हुँदै गएको पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको विश्लेषण छ । ‘साथीहरु देख्दा रिस उठे जस्तो, देख्न नपरे पनि हुन्थ्यो, बोल्नै नपरे पनि हुन्थ्यो किन भएको छ ?’ उनले भने, केही मिस भएको छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ