काठमाडौं- नवगठित समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गर्नु बाध्यता भएको बताएका छन् । पार्टी एकताप्रति असन्तुष्ट बनेका केही नेताहरूले बिहिबार बुझाएको ज्ञापनपत्र बुझ्दै परिषद् अध्यक्ष भट्टराइले यस्तो धारणा राखेका हुन्।
‘वैकल्पिक राजनीतिक शक्तिलाई अझै सशक्त बनाउन पार्टी एकीकरण गरिएको हो,’ डा भट्टराइले भनेका थिए । तत्कालीन नयाँ शक्ति नेपाल वैकल्पिक राजनीतिक धारका लागि स्थापना गरिएको तर फोरमसँग पार्टी वियल गरिएको भन्दै नयाँ शक्ति केन्द्रीय समितिका सदस्यहरुले असन्तुष्टि राख्दै आएका छन्।
‘एक्लै हिँडेर कहिँ नपुगिने भएकाले एकता गर्न बाध्य भयौं, वैकल्पिक राजनीतिको धार झन् बलियो र सशक्त भएको छ,’ डा भट्टराइलाई उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने । असन्तुष्ट समूहले पार्टीको नाम, झन्डा र नेतृत्वलगायतका विषयमा असन्तुष्टि राख्दै आएका छन्।
उनीहरुले तत्कालीन नयाँ शक्तिको केन्द्रीय समितिमा छलफल नै नगरी हतारोमा फोरमसमक्ष एकता गरेको आरोप लगाएका छन् । ‘यी विषयमा व्यापक छलफल गरी सच्चाउन माग गर्दै डा भट्टराईलाई ज्ञापनपत्र बुझाएइको हो,’ असन्तुष्ट समूहका नेता नारायण तिवारीले नेपाल लाइभ समक्ष भने।
पूर्वमन्त्री कल्पना धमला, भट्टराई प्रधानमन्त्री रहेको समयमा उनको प्रेस सल्लाहकार रहेका रामरिझन यादव तथा पूर्वसांसद ज्ञानेन्द्र कुमाललगायतका नेता असन्तुष्ट बनेका छन्।

सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने