नेपाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार जय नेपाल शब्द राजा महेन्द्रले भन्न सुरु गरेको भन्दै दिएका अभिव्यक्तिप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले आक्रोश व्यक्त गरेका छन् ।
शुक्रबार बुटवलमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री बाँस्कोटाले बिहीबार दिएका अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका हुन् । ‘जय नेपाल शहीद शुक्रराज शास्त्रीले सुरुवात गर्नुभएको हो ।
फाँसी दिँदा अन्तिम आशा के छ भनेर सोध्दा उहाँले जय नेपाल भन्नुभएको थियो’ उनले भने । उसै शैलीमा उनले थपे, ‘यही जय नेपालको बलले राणाको सातो लग्यो, राजाको सातो लग्यो अब कम्युनिस्टको सातो लैजान्छ ।’ सचेतक खाँणले गलत तथ्यका आधारमा अनावश्यक हल्ला र टिप्पणी नगर्न चेतावनीसमेत दिए ।
]सरकारप्रति निकै खरोरूपमा प्रस्तुत भएका प्रमुख सचेतक खाँणले भने, ‘नेपालको संविधानले मेरो सरकार तेरो सरकार चिन्दैन। व्यक्तिगतरूपमा राष्ट्रपति प्रधानमन्त्रीले मेरो सरकार, राजा बाबु जे जे भन्नु होला तर संविधानको उल्लंघन गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जस्तो औपचारिक कार्यक्रममा त्यस्तो बोल्न पाउनुहन्न।’ उनले संविधानको संरक्षण गर्ने दायित्व राष्टपतिको भएको पनि बताए।अहिले प्रधानमन्त्री केपी ओलीबाटै संविधान र राष्ट्रियतामाथि बढी खतरा बढेको समेत आरोप लगाए।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ