गुल्मी–६१ वर्षीय एक व्यक्तिले आफूभन्दा झण्डै १६ वर्ष कम उमेरकी महिलासँग लगनगाँठो कसेका छन् ।
मन मिलेपछि धनदौलत, उमेरले रोक्दैन भन्ने उदाहरण दिएका हुन्– गुल्मी पुर्खेयौली घर भएका यी जोडीले ।
गुल्मीको मुसिकोट नगरपालिका–९ , अर्लाङ्गकोट पुर्खेयौली घर भई हाल पश्चिम नवलपरासीको गैँडाकोट नगरपालिका–४ झपर्दी वसाईसराई गएका ६१ वर्षीय नारायणप्रसाद सापकोटाले ४५ वर्षीया लक्ष्मी अर्यालसँग लगनगाँठो कसेका हुन् ।
आइतवार यो जोडीले हिन्दु परम्परा अनुसार विधिवत विवाह गरेका हुन् । अर्यालको माइती घर तनहुँको देवदह हो । सोमवार विहानैदेखि सापकोटा परिवारमा भोज भतेर सहित धुमधाम विवाहको रौनक जारी छ ।
अर्लाङ्गककोटबाट बसाई सरेर पाल्पाको तानसेन–१ मा बसोवास गरेका बेहुलाका कान्छा भाई जयराम सापकोटा भन्छन्, ‘हामी सबै दाजुको विवाहमा गैडाकोट आएका छौं । एक बर्षअघि भाउजु खिमकलीको ५८ बर्षको उमेरमा मृत्यु भएकाले अर्को विवाह गर्नुपरेको हो ।’
उनका अनुसार बेहुला दाजुका एक छोरी, दुई छोरा र नातिनातिना पनि छन् । ‘विवाहको रमझममा उनै नातिनातिनका रमाएका छन् । बुढेसकालमा सहाराका लागि दाजुले हिजो विवाह गरेर भाउजु भित्र्याउनु भएकोमा हामी सबै खुशी छौं’ उनले बताए ।
२०१५ साल पुस २२ गते जन्मिएका नारायणले मृत्यु भएकी श्रीमति खिमकलीलाई २०३४ सालमा विवाह गरेका थिए । हजुरवुवाको विवाहमा नातिनातिनाहरु रमाएर सहभागी भएका देखिन्छन् । छोराले बुहारी भित्र्याएकोमा खुशीले गद्गद् भएकी ८६ वर्षिय आमा हरिकला सापकोटाले विधि अनुरुप नै बुहारी भित्राएको बताइन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ