काठमाडौं, वैशाख ३० : समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले हिजो एभिन्यूज टेलिभिजनको प्रत्यक्ष प्रशारणमा आफूलाई ‘तपाईं जानसक्नुहुन्छ’ भनेपछि कार्यक्रम छाडेर हिँडेको विषयमा आफूले कुनै पनि प्रतिक्रिया जनाइरहनु आवश्यक नरहेको बताएका छन्।
उनले भने,‘यो मेरो व्यक्तिगत कुरा हैन। यसले सबै पत्रकारलाई बद्नाम गरायो नि !’ सामाजिक सञ्जालमा देखिएको त्यसको प्रतिक्रियाबारे भने,‘ठीकै छ।’ उपप्रधानमन्त्री यादवले भने,‘ठीक छ। त्यो त यहाँहरूले नै जज गर्ने विषय हो। इथिक्स र मोरालिटी लस्ट भइसकेपछि बाँकी के कमेन्ट गर्ने? म कमेन्ट गर्न सक्दिनँ।’
मिडियाले अतिथि भनेर बोलाएर दुव्र्यवहार गर्यो भन्ने तपाईंको भनाइ हो भन्ने अर्को प्रश्नमा उनले भने,‘नैतिकता लस भएपछि, इथिक्स पनि नरहेपछि पत्रकारिताको न्यूनतम मोरालिटी लष्ट भएपछि सबै पत्रकारलाई बद्नाम गरायो नि। यो मेरो व्यक्तिगत कुरा हैन।’
उता एभिन्युज टिभीका समाचार प्रमुख चिरञ्जीवी शाहले भने आफूले जुनसुकै पनि चुनौतीको सामना गर्ने बताए । उनले भने,‘अन्तर्वार्तामा सवालजवाफ त भइहाल्छ। उहाँले माइक आफैँ निकाल्नुभएको हो। कि चाहिँ उहाँलाई अनुनयविनय गर्नुपर्थ्यो।’
उनले अन्तर्वार्ताको विषयलाई लिएर आफ्नो कार्यालयमा तोडफोड भएको बताउँदै भने,‘हामी जुनसुकै चुनौतीलाई पनि सामना गर्न तयार छौँ। कार्यालय आक्रमणको घोर भत्र्सना गर्दछौँ।’ kathmandupress
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष