काठमाण्डाै – ९ महिनाअघि सोलुखुम्बुको गोक्यो तेश्रो तालमा डुबेर बेपत्ता भएकामध्ये सुनिल बराइलीको शव भेटिएको छ ।

विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले परिचालन गरेको रोबोटले झण्डै ३५ फिट गहिराइमा शव पहिचान गरेर बाहिर निकालेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिनुभयो । अब शव भेट्न बाँकी एक जनाको खोजी भैरहेको छ ।
हिजोदेखि नै खोजी सुरु गरेको टोलीले आज बिहान शव बाहिर निकालेको हो । बराइली साथीको उद्धार गर्न जाने क्रममा शरीरमा लगाएको कपडासहित डुबेका थिए । त्यसै आधारमा उनको पहिचान गरिएको हो । बेपत्तामध्ये अब पेम्बा दोर्जी शेर्पाको शव मात्र भेट्न बाँकी छ ।

अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पाको टोलीले हिजो दिनैभर रोबोट तथा अन्य उपकरण प्रयोग गरी शवको खोजी गरेको थियो ।
गोक्यो हिमतालमा डुबेर हराएका किशोरहरुको खोजी फेरि सुरु (तस्बिरसहित)
गएको असोजमा खुम्बु भ्रमणमा आएको विदेशी टोलीले बेपत्ताको शव खोजी गर्न सक्ने बताएपछि बेपत्ताका परिवारले खोजी गरिदिन आग्रह गरेको थियो ।

शैक्षिक भ्रमणमा गएका बेला गोक्यो तेश्रो तालमा पौडी खेल्ने क्रममा ३ जना छात्र गएकाे साउनमा बेपत्ता भएका थिए । बेपत्तामध्ये पेम्बा नुरु शेर्पाको शव त्यति बेलै भेटिए पनि पेम्बा दोर्जी शेर्पा र सुनिल बराइली हराइरहेका थिए । ujyaaloonline.com
फोटो – विक्रम श्रेष्ठ, सदस्य – उद्धार टोली
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने