२२ वर्षीया नेपाली युवतीलाई नयाँ दिल्लीको द्वार्कामा चार पुरुषले सामूहिक बलात्कार गरेको भारतीय मिडियालाई उद्धृत गर्दै साउथ एसिया डट कमले बताएको छ । केही मिडियाले २४ वर्ष बताइएकी ती युवती आफ्नो दाइलाई भेट्न गत शनिबार मुम्बई गएकी थिइन् ।
रिपोर्टका अनुसार काठमाडौंकी ती युवती बसमार्फत् नयाँ दिल्ली पुगेकी थिइन् । त्यहाँबाट उनी मुम्बई जान रेल चढ्ने तयारीमा थिइन् । यद्यपी, ढिला स्टेशन पुगेका कारण उनको रेल छुट्यो । त्यसपछि उनी अब के गर्ने भनेर मानिसहरुसँग सोधपुछ गरिरहेकी थिइन् । त्यति नै बेला, एक व्यक्ति उनलाई सहयोगका लागि अगाडि आए ।
त्यसपछि उनले प्लेटफर्ममा बसिराख्न असुरक्षित हुने बताउँदै उनलाई नयाँ दिल्लीको द्वार्कामा लगेर बलात्कार गरेको स्रोतले बताएको छ । आफूले बलात्कार गरेपछि उनले आफ्ना अन्य साथीलाई पनि कुकृत्यका लागि निम्तो गरेको बताइएको छ ।
घटना हुनुअघि पीडितले मुम्बईमा भएका आफ्ना दाइलाई आरोपीमध्येका एकको फोनमार्फत् कुरा गरेकी थिइन् । पीडितका दाइलाई ती व्यक्तिको नाम र उनको फोन नम्बर थाहा थियो । उनले आरोपीको फोन नम्बर र नाम मुम्बई पुलिसलाई जानकारी दिइसकेका थिए ।
आरोपीले बलात्कारपछि पीडितलाई मुम्बई जाने रेलवे स्टेशनमा पुर्याइदिएको स्रोतले बताएको छ । मुम्बईमा दाइलाई भेटेपछि सोमबार उनीहरुले स्थानीय पुलिसमा उजुरी दर्ता गरे । युनाइटेड न्यूज एजेन्सीका अनुसार मुम्बईस्थित ओशिवारा पुलिस स्टेशनले नेपाली युवतीको उजुरी बुधबार दिल्ली पुलिसलाई हस्तान्तरण गरेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु