उपमेयरकै अगाडि वडाअध्यक्षले व्यापारी पिटेपछि…

उपमेयरकै अगाडि वडाअध्यक्षले व्यापारी पिटेपछि…

kdskl

जनकपुर : जनकपुरमा जनप्रतिनिधिले नै व्यवसायीसँग निहुँ खोज्दै हातपात गरेपछि जनकपुर बजार तातेको   छ । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता मिश्रकै सामुत्रे एकजना वडाअध्यक्षले व्यापारीलाई हातपात गर्दै दादागिरी देखाएपछि बजार तातेको हो ।

उपमेयर रीता मिश्रकै सामुत्रे वडा नम्बर ७ का वडाअध्यक्ष जानकी राम साहले वडा नम्बर २ मा रहेको ग्रिन टेलर्सका सञ्चालकलाई कुटपिट गरेका छन् । उपमेयर मिश्रकै सामुत्र वडाअध्यक्ष साहले सञ्चालक असलमलाई हातपात गरेको स्थानीय व्यवसायीहरुले बताए । फोहोरको विषयमा विवाद हुँदा वडाअध्यक्ष साहले हातपात गरेको बताइएको छ ।

पसल अगाडी फोहोर गरेको भन्दै उपमेयर मिश्रले ग्रिन टेलर्सका सञ्चालक असलमलाई प्रश्न गरेकी थिइन् । असलमले ‘पसलको फोहोर मैले झोलामा जम्मा गरेको भन्दै सफाइ कर्मचारीहरु हड्तलामा गएकोले सडकमा फोहोर थुप्रेको’ जबाफ फर्काएका थिए । यसै विषयमा विवाद हुँदा उपमेयर सँगै रहेका वडाअध्यक्ष साहले आफूमाथि हातपात गरेको ग्रिन टेलर्सका सञ्चालक असलमले बताए ।

टेलर सञ्चालक असलममाथि कुटपिट भएको विरोधमा स्थानीय व्यवसायीहरुले उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् । व्यवसायीलाई हातपात गर्ने वडाध्यक्ष र उपमेयरले माफी माग्नुपर्ने भन्दै उनीहरुले उपमहानगरपालिका कार्यालय परिसर भित्र नाराबाजी गरेका थिए । तर उपमेयर मिश्र बाहिर निस्केपछि आक्रोशित व्यवसायीहरु जबरजस्ती उनको कार्यकक्षतर्फ प्रवेश गर्न खोजेका थिए ।

तर सफाइ कर्मचारी, वडा सदस्य, कर्मचारी, सुरक्षार्थ खटेका प्रहरी लगायतले आफूहरुलाई उल्टै लखेटेको व्यवसायीहरुले बताए । वडा सदस्य तथा केहि कर्मचारीले कुटपिट गरेपछि एक व्यवसायी घाइते भएको र उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको व्यवसायीहरुले बताएका छन् ।

यता उपमेयर मिश्रले वडाध्यक्ष साहले व्यवसायीलाई कुटपिट नगरी हातले धकेलेको मात्र दाबी गरिन् । उनले भनिन्– आन्दोलनरत्त सफाइ कर्मचारीहरुको हड्ताल तोड्न लगाएर हामीले फोहोरको उचित व्यवस्थापन गर्न पसल–पसलमा भन्न निस्केका थियौं । उनले थप्दै भनिन्– ग्रिन टेलर्स पुगेपछि उनले आक्रोशमा आएर कुरा गरे, मसँगै रहेको वडाध्यक्षले उनलाई सामान्य धक्का मात्र दिएको थियो ।

कुटपिट चाँही गरेनन् ।’ राम्रो काम गर्न खोजेपनि उल्टो भएको उनको भनाइ थियो । जनप्रतिनितिले कुटपिट गरेको विरोधमा उपमहानगरपालिका वरिपरिका पसलहरु व्यवसायीहरुले बन्द गर्दै नारावाजी समेत प्रदर्शन गरेका छन् ।ratopati.com

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds