काठमाडौं । पाँचथरको मिक्लाजुङ–३ मा नौ जनाको हत्या भएकै दिन घटनास्थलभन्दा ३ घण्टा परको दुरीमा अर्का एक ब्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झुण्डिएको अवस्थामा फेला पर्नेमा मानबहादुर माखिम रहेको बताइएको छ ।
झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर सोमबार राति हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ भएको खुलेको छ । सामूहिक हत्या भएको स्थानबाट ३ घण्टाको दुरीमा मानबहादुर माखिमको शव फेला परेपछि हत्यामा उनकै संलग्नता रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका९३, आरुबोटेका दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी सोमबार राति विभत्स हत्या गरिएको थियो । पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्न खोज्दा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी घाइते अवस्थामा उपचाररत छिन् ।
हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज लिम्बु, २६ वर्षीया मनकुमारी लिम्बु, छ वर्षीया इक्सा लिम्बु, १३ वर्षीया योवना लिम्बु, आठ वर्षीया मुना लिम्बु, ७४ वर्षीय बमबहादुर लिम्बु, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । घाइते बालिका सीताका अनुसार अपराधी मुखुण्डो लगाएर आएका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु