जनकपुर : सिरहामा एक महिलालाई घाँटी थिचेर हत्या भएको छ । सिरहाको कर्जन्हा नगरपालिका-११ बस्तीपुर बस्ने अन्दाजी बर्ष २९ की चन्देश्वर यादवकी श्रीमती रितुदेवी यादवलाई घाँटी थिचेर हत्या गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
दिउँसो ३ बजे नै घटना भएपनि प्रहरीलाई भने ४ः३० बजेतर्फ मात्र जानकारी भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिए । घरकै सदस्यले रितुलाई आफ्नै घरमा मृत अवस्थामा देखेपछि छरछिमेकलाई जानकारी गराएको थियो ।
त्यसपछि स्थानीयहरुले पनि रितुलाई मृत अवस्थामा देखेपछि हल्ला मच्चिएको थियो । यता, उक्त घटनामा रितुका श्रीमान चन्देश्वर यादवलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार रितुको हत्यामा उनका श्रीमानको संलग्नता हुन सक्ने भएकोले अनुसन्धानको लागि मात्र तत्कालै नियन्त्रणमा राखिएको हो ।
स्थानीयवासीका अनुसार, रितुले छोरा नजन्माएको कारण उनलाई घाँटी थिचेर हत्या गरेको हुन सक्नेछ । रितुको एक छोरी मात्र रहेकी छन्। उनलाई छोरा नहुँदा परिवारिक तवरबाट विवाद हुँदै आएको थियो । मृतकको शवलाई पोष्टमार्टमको लागि लहान स्थित रामकुमार शारडा उमा प्रसाद स्मारक अस्पतालमा लगिएको छ भने यस घटनाबारे अनुसन्धान तीव्र पारिएको डिएसपी खनालले जानकारी दिए । nepallive
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु