काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सुनौलो (गोल्डेन) भिषा कार्यक्रम ल्याएको छ । सो स्थायी बसोबास योजनाले धनी तथा उच्च दक्षता र सीप भएका व्यक्तिलाई तेलका लागि धनी मनिने यस खाडी मुलुकको समृद्धिका लागि योगदान गर्ने विश्वासका साथ गोल्डेन भिषा कार्यक्रमको शुरूवात गरेको अधिकारीहरूले बताएका छन् ।
‘गोल्डेन कार्ड कार्यक्रम डाक्टर, इन्जिनियर्स, वैज्ञानिक तथा कलाकारजस्ता ‘असाधारण प्रतिभा’ प्रदान गर्ने प्रस्ताव गरिएको हो,’ यूएर्यका प्रधानमन्त्री शेख मोहम्मद विन ससिद अल माक्टौमले बताए । उनले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘हामीले हाम्रो मुलुकको विकासको यात्रामा स्थायी साझेदार चाहेका छौं । नयाँ बासिन्दा हाम्रो मुलुकका लागि अपरिहार्य अंग हुनेछन् ।’
सो खाडी मुलुकले पहिलो समूहमा २७ अर्ब अमेरिकी डलर बराबर ९ एक खर्ब दिराम बराबर लगानी गर्ने ६ हजार ८ सय लगानीकर्तालाई स्थायी बसोबासको व्यवस्था गर्ने प्रधानमन्त्रीले बताए । यो खाडी मुलुकमा विदेशीका लागि पहिलो आकर्षक योजना हो ।
खासगरी खाडी क्षेत्रमा बसोबास गर्न र लगानी गर्न चाहने विदेशीलाई सिमित अवधिको बसोबासको व्यवस्था भएको ‘काफला’ प्रायोजन कार्यक्रम दिइँदै आएको थियो । पछिल्ला बर्षहरूमा तीब्र आर्थिक विकास गरेको अरब क्षेत्रको दोस्रो ठूलो अर्थतन्त्रमा करिब ९० लाख जनसंख्या रहेको यहाँ उल्लेख्य संख्यामा विदेशी लगानीकर्ता र कामदार पनि रहेका छन् । rajdhanidaily
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’