आइतबार बिहान धादिङको गजुरी गाउँपालिका वडा नं ६ बन्छेटारस्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा बस खस्दा हराइरहेका थप एक जनाको शव फेला परेको छ । दुर्घटना भएको ठाउँबाटै एक जनाको शव फेला परेको हो ।
त्रिशूली किनारामा हिलोमा दबिएको अवस्थामा झापा घर भएका कृष्णप्रसाद निरौलाको शव फेला परेको हो । निरौला समेत गरी सो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । सो दुर्घटनामा परेर दुई बालक र एक पुरुष गरि तीन जना हराइरहेका छन् ।
प्रहरीका अनुसार हराइरहेकाहरू धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर ४ का सलाङघाट बस्ने वर्ष २३ का उज्वल पाण्डे, भारतको मेघालय प्रदेश जिल्ला रिभ्वाय सिलोङ घर भएकी १३ वर्षीया रिया मारविन, सोही ठाउँका ११ वर्षीय रिशान मारविन रहेका छन्।
उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । सो घटना परी २९ जना घाइते भएका ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
आइतबार झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा चार जनाको घटनास्थलमै र बाँकीको उपचारका क्रममा मृत्यु भएको हो।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ