वीरगन्ज : भारतको लोकसभा चुनावमा सत्तारूढ पार्टी भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक सफलता पाएको भन्दै नेपालको वीरगन्जमा अलग अलग समूहले खुसीयाली मनाएका छन् ।
ती समूहले मोदीको तस्बिरसहितको ब्यानर बोकेर सहर परिक्रमा गरे भने दीप प्रज्ज्वल र मिठाइ पनि बाँडेका छन्। मोदीको जीतको खुसियालीम विश्व हिन्दू संगठन नामका युवाले वीरगन्जको घन्टाघरबाट मोटरसाइकल र्याली निकालेका हुन् ।
ओईसही नागरिक समाज पर्साले घण्टाघरमा मोदी नेतृत्वको पार्टीको विजयको खुसियालीमा मिठाई वितरण गरेको छ। मिठाई वितरणपछि त्यही स्थानमा बिहीबार साँझ मैनबत्ती पनि बालिएको छ। यसअघि मोटरसाइकल र्याली घण्टाघरबा गरेर हर हर मोदी, घर घर मोदी आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ जस्ता नारा लगाएका थिए। उनीहरूले मोदीको फोटो र झन्डासहित वीरगन्जको शंक्राचार्य गेटसम्म पुगेर घण्टाघरमै कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै कृष्ण चौरसियाले मोदीको जित भारतसहित नेपालको हितमा पनि रहने बताए। मोदीको जितले विश्वभर रहेकाहिन्दूको हित हुने बताउँदै उनले नेपाललाई पनि हिन्दू राष्ट्र घोषणा गर्न सफल हुने विश्वास व्यक्त गरे ।thahakhabar



सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’