हुम्ला : दक्षिण क्षेत्र सर्केगाड गाउँपालिकास्थित हिमज्योति माविका शिक्षक जयबहादुर धामीमाथि मदिरा पिएका युवाले हातपात गरेका छन् । बिहीबार दिउँसो २:४० बजे कक्षामा अध्यापन गराउन जाने क्रममा मदिरा पिएका सर्केगाड गाउँपालिका–५ गोठीका युवा दीर्घ सिंह, भरत मल्ल र दीपक शाहीले शिक्षक धामीमाथि हातपात गरेका हुन्। उनीहरूले विद्यालयमा रहेका कुर्ची टेबुलसमेत तोडफोड गरेका छन् ।
शिक्षक धामीले लगाएको सर्ट च्यातिएको छ । मदिराले मातिएका युवाहरूले कक्षा कोठाभित्रै पसेर अश्लील शब्द प्रयोग गर्दै आफूलाई गाली गरेको शिक्षक धामीले बताए। विद्यालयका कर्मचारी नै असुरक्षित भएको भन्दै विद्यालय प्रशासनले बिहीबारबाट घोषितरूपमा अनिश्चित कालका लागि विद्यालय बन्द गरेको छ। दोषीमाथि कडा कारबाही नभएमा शिक्षकसँग आबद्ध विभिन्न संघ संगठन र नेपाल शिक्षक महासंघले आन्दोलनका थप कार्यक्रम तय गर्ने निर्णय भएको नेपाल शिक्षक महासंघका अध्यक्ष धनबहादुर ऐडीले बताए ।
विद्यालय समयमा विद्यालयकै कर्मचारीमाथि भएको हातपातको विषय निन्दनीय भएको भन्दै कडा मागसहित जिल्लाका शिक्षक संघ संगठनले विज्ञप्ति जारी गरेका छन् । यस विषयमा शुक्रबार हिमज्योति माविमा विद्यालय व्यवस्थापन समितिको बैठक बसेको छ । विद्यालय परिवारले शिक्षकमाथि भएको अन्यायको विरोध गर्दै स्थानीय प्रहरी चौकीमा उजुरी जाहेरी गरेको विद्यालयका प्रधानध्यापक देवविक्रम शाहीले बताएका छन् ।
मदिराको मातमा तीनजानले उक्त गाउँपालिकाका कर्मचारी चाउरे बुढामाथि पनि कार्यालय समयमा हातपात गरेका थिए । उक्त घटनापछि तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको सर्केगाड प्रहरी चौकीले जनाएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट विनियोजित रकमबारे विवादका कारण शिक्षकमाथि हातपात भएको आशंका गरिएको छ । thahakhabar.
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष