पोखरा, १३ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव पोखरामा आंशिक रुपमा परेको छ । पोखराका सडकमा पातलो मत्रामा निजी नम्बरप्लेटका सवारी साधन चलेपनि सार्वजनिक यातायात, व्यापारिक केन्द्र, विद्यालय तथा उद्योगहरु भने बन्द छन् । मुख्य सडकमा निजीसवारी साधन छिटफुट चलेका छन्।
विप्लव समूहका कार्यकर्ता भने सडकमा सार्वजनिक रुपमा देखिएका छैनन् । पोखराका विभिन्न स्थानमा बम तथा विष्फोटक पद्धार्थ राखेकाले नागरिक त्रसित छन् । विप्लव समूहको बन्दलाई निस्तेज पार्न सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । पोखराको विभिन्न स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका छन् भने विभिन्न स्थानमा प्रहरीका गुप्तचर खटिएका छन् ।
पूल, भवन, सरकारी कार्यालय लगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाईएको कास्कीका प्रहरीले जनाएको छ । पर्यटकीय सवारीसाधन, एम्बुलेन्स, पानीको ट्यांकर, दुधको गाडी भने चलेका छन् । निजी सवारी साधनको पहुचँ नभएका यात्रु हिडेरै गन्त्व्य पुग्न बाध्य भएका छन् ।
विप्लव माओवादीले भोजपुरमा आफ्नो कार्यकर्ता मारिएको विरोधमा आज (सोमबार) बन्दको आह्वान गरेको हो । आइतबार काठमाडौंको सुकेधारा र घट्टेकुलोमा विप्लव समुहका कार्यकर्ताले बम बनाउँदै गरेको स्थानमा विस्फोट हुदाँ ४ जनाको मृत्यु भएको थियो । यहाँ भने अप्रिय घटना घटेको छैन ।

सम्बन्धित खबर
बालेनले सार्वजनिक गरेको देश बनाउने टीमका भौतिक मन्त्रीको धम्की: ठेकेदारको खुट्टा भाँचिदिनू
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
प्रधानमन्त्री बालेनको अपरिपक्व अभिव्यक्तिलाई परराष्ट्रमन्त्री खनालले संसदमा सच्याए
प्रधानमन्त्रीप्रति हर्कको कटाक्ष- सभामुखले बोलाउँदा आउनुहुन्न, बोकेर ल्याउने चलन छैन
यो पनि पढौँ
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार