पछिल्लो समय इरान र अमेरिकाको सम्बन्ध तनावमा छ। अमेरिकाले मध्यपूर्वका आफ्ना सहयोगी देशमा रहेका नागरिक र सैन्य क्याम्पमाथि इरानले आक्रमण गर्न सक्ने बताएको छ। त्यसबाट जोगिन भन्दै उसले मध्यपूर्वमा आफ्ना सैनिक बढाएको छ भने तेहरानमाथि प्रतिबन्ध थपेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले युद्ध सुरू गरे ऊ सकिने चेतावनी दिएका छन्।
विश्वकै शक्तिशाली अमेरिका र आणविक राष्ट्र इरानबीचको यो द्वन्द्वमा नेपालको सोझै सम्बन्ध छैन। तर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले यो मामिलामा नेपाललाई पनि जोडेका छन्।
बुधबार संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा बोल्टनले मे महिनाको सुरूमा चार वटा पानीजहाजमा भएको आक्रमण इरानले गरेको दाबी गरे। अमेरिकासहित पाँच देशले गत मे १२ मा सी अफ ओमनमा चार वटा पानीजहाजमाथिको आक्रमणको अनुसन्धान गरिरहेका छन्।
‘वासिङ्टनका कसैलाई पनि आक्रमणमा को जिम्मेवार छ भन्नेमा द्वुविधा छैन,’ बोल्टनले संवाददाताहरूसँग भने, ‘तपाईं यस्तो अरू कसले गर्यो होला भन्ने सोच्नुहुन्छ? कोही नेपालबाट आएर गर्यो होला त?
मे १२ मा फुजैराह भन्ने ठाउँमा तेल बोकेका चार जहाजमाथि आक्रमण भएको थियो। तीमध्ये दुई साउदी अरेबियाका, एउटा नर्वेको र अर्को युएईको थियो। घटनामा कुनै मानवीय क्षति भने भएको थिएन।
फुजैराह ओमन र इरानको बीचमा पर्ने तेल निर्यात टर्मिनल हो। जहाजहरू त्यहाँबाट गल्फ छिर्छन् । इरानले भने उक्त आक्रमण आफूले नगरेको दाबी गर्दै आएको छ। इरानका विदेश मन्त्री अब्बास मौसवीले बोल्टनको भनाइ हास्यास्पद भएको बताएका छन्।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु