एजेन्सी : दुनियामा वनजंगलको क्षेत्रफल घटिरहेको छ । वनस्पतिहरु नासिँदैछन् । वन जोगाउन तथा बढाउनका लागि विश्वभर नै विभिन्न उपाय अपनाउने गरिएको छ । यसै क्रममा एउटा देशले वनजंगल बढाउन तथा पर्यावरण जोगाउन गज्जबको उपाय अपनाएको छ ।
फिलिपिन्सले यस्तो नियम लगाएको छ कि अब त्यहाँका विद्यार्थीले स्नातक तहको डिग्री हासिल गर्नका लागि अनिवार्य रुपमा कम्तिमा १० वटा रुख रोपेकै हुनुपर्नेछ । तिव्र वनविनासका कारण देशको वनक्षेत्र ७० प्रतिशतबाट २० प्रतिशतमा झरेपछि फिलिपिन्सले यस्तो नियम लागू गरेको हो ।
कानून लागू गरेसँगै देशमा एक वर्षमा साढे १७ करोड वृक्षारोपण गर्ने तथा ती विरुवा हुर्काउने योजना सरकारको रहेको छ । विद्यार्थीहरुले स्नातक तहको पढाई पूरा गरेर तथा परीक्षा पास गरेर मात्रै सर्टिफिकेट पाउने छैनन् । उनीहरुले परीक्षा पास गरेसँगै कम्तिमा १० वटा रुख रोपेकै हुनुपर्नेछ ।
यो नयाँ कानूनको नाम ग्राजुएसन लिगेसी फर द इन्भारोन्मेन्ट ऐन रहेको छ । फिलिपिन्सको संसदले सर्वसम्मतिले उक्त कानून पारित गरेको छ । यो नियम कलेजमा मात्र नभै प्राथमिक विद्यालय तथा हाइस्कुलहरुमा पनि लागू हुनेछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ