काठमाडौँ। ‘आर्मीको ‘सेकेन्ड लेफ्टिनेन्ट’ बनाइ दिन्छु भनेपछि पाँचलाख रुपियाँ बुझाएँ, यतिका महिना बितिसक्यो न लप्टन भए न त पैसा पाएँ’ बैतडीका एक युवक जागिरको प्रलोभन देखाई पैसा ठगिएको गुनासो यसरी सुनाउँदै थिए ।
‘‘त्यही बीचमा अर्का व्यक्ति आए, मेरो पनि आफन्त नाता पर्नेले विदेश पठाइदिन्छु भन्दै डेढलाख रुपियाँ लिए तर अहिले सम्पर्क नै छैन’’, महानगरीय प्रहरी अपराध महाशाखा टेकुस्थित ठगी मुद्दा (शाखा) पिलरमा यस्ता गुनासो प्रत्येक दिन अपत्यारिलो ढङ्गले आउने गरेका छन् ।
ठगी मुद्दा पिलर प्रमुख प्रहरी नायव उपरीक्षक चिनिमाया तामाङ ‘पैसा भनेपछि किन यति मरिहत्ते गर्छन’ आश्चार्य लागेको बताउनुहुन्छ । घटना विवरण सुन्दा पनि घिन लागेर आउँछ भन्दै उहाँले थप्नुभयो,‘ पैसाको लोभमा अब त आफन्तले आफन्तलाई ठग्न थालेछन् ।’
‘नाता–गोता’ तथा ‘पारिवारिक’ सम्वन्धलाई लत्याएर जागिर तथा वैदेशिक रोजगारको प्रलोभनमा सर्वसाधारण युवा ठगिने समस्या व्यापक बन्दै गएको छ । पाँचलाख रुपियाँ पीडित ती युवकले आफूलाई पत्रकार बताउने डोटीकै चिरपरिचित व्यक्तिबाट ठगिएको गुनासो गर्नुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु