भक्तपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्नेहरुलाई सफल हुन नदिने बताएका छन् । भक्तपुरका चारवटै नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुक्रबार प्रारम्भ गर्दै उनले भने ‘सरकार विरोधी केही तत्वहरु सक्रिय छन्, उनीहरु कुनै हालतमा सफल हुँदैनन् ।’
प्रधानमन्त्री ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको र ‘हरेक दिन नयाँ–नयाँ कामको थालनी भइरहेको बताएका छन् । ‘मुलुक लोकतान्त्रिक गणतन्त्रमा विकास र सम्मृद्धिको उत्सव मनाउँदै गर्दा अझैपनि केही मुर्खहरुलाई राजतन्त्र चाएिको छ, प्रधानमन्त्री ओलीले भने ।’
‘अब कोही पनि काम नपाएर विदेशिनु पर्दैन, स्वदेशमै रोजगारी मिल्छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको प्रष्ट पारेका छन् ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताए । उनले चालू आर्थिक वर्षमा एक महिनामात्रै कार्यक्रम सन्चालन हुने र आगामी वर्षबाट अझै व्यवस्थित रुपमा देशैभरि कार्यक्रम सञ्चालनकालागि बजेटको व्यवस्था गरेको बताए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने