प्रेमिकाले सायद प्रेमीले भ्यालेन्टाइन्स डेमा नयाँ आइफोन उपहारमा देलान् र सानका साथ चलाउँछु भन्ने सपना देखेकी थिइन् । आफूले सोचेको जस्तो नभएपछि प्रेमिका रिसले आँखा नदेख्ने भइन् र सार्वजनिक स्थानमा नै प्रेमीलाई ५२ पटक चड्कन लगाइन् । सुन्दा अचम्म लाग्ला तर घटना साँचो हो । एक चीनियाँ प्रेमीले प्रेमिकालाई आइफोन नदिएपछि सार्वजनिक स्थानमा हिंसा सहनुपरेको छ ।
प्रत्येक तीन वर्षमा एकपटक मार्च महिनाको २० तारिखमा चीनमा भ्यालेन्टाइन्स डे मनाइन्छ । तर सिचुवान प्रान्तका एक जोडीले प्रेम दिवसलाई भिन्न तरिकाले मनाए । नजिकै जडान गरिएका सिसिटीभी क्यामराका साथै त्यहाँ उपस्थित मानिसले खिचेको भिडियो पछि सोसल मिडियामा सार्वजनिक गरियो ।
उक्त भिडियोमा एक युवतीले आफ्ना प्रेमीलाई उपहारस्वरुप आइफोन नदिएको भन्दै चिच्याएर गाली गर्दै थप्पड हानेको देख्न सकिन्छ । उक्त फुटेजमा सबै झापड नदेखिएपनि पुलिसले ती व्यक्तिले ५२ बढी झापड खाएको पुष्टि गरेका छन् । प्रेमिकाले त्यसरी झापड हानिराख्दा पनि ती युवक केही नभनी, हलचल नै नगरी बसेको देखेर सबै चकित परेका छन् ।
उक्त जोडीको वरिपरि थुप्रै मानिसको भीड देखेर पुलिसले हस्तक्षेप गर्दै स्थिती नियन्त्रणमा लिएको थियो । सार्वजनिक स्थलमा त्यत्तिका थप्पड खाँदासमेत ती पुरुषले आफ्नी प्रेमिकालाई बचाउन खोजेको पुलिसले जानकारी दियो ।
पुलिसले उनीहरुलाई त्यहाँबाट हटाउन खोज्दा ती पुरुषले भने, ‘मैले नै गल्ती गरेको हुँ । उनले चाहेको जस्तो उपहार मैले दिन सकिनँ । उनको रिस शान्त हुन्छ भने म उनले हानेको जति पनि झापड खान तयार छु ।’ यो जोडीले आफ्नो झगडा पुलिस थानामा सल्टाउँदै आइन्दा आफ्नो समस्या सभ्य तरिकाले सुल्झाउने बचन दिएको बताइन्छ ।
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग