हामीले वादी प्रतिवादी, साक्षी आदिको रुपमा मान्छेहरु नै अदालतमा उपस्थित भएको वा पेश गरिएको देखेका छौँ । तर यो दुनियामा मान्छे मात्र होइन, गाईलाई पनि अदालतमा उपस्थित गराइन्छ । भारतको राजस्थानमा हालै यस्तै भएको छ ।
राजस्थानको जोधपुरस्थित अदालतमा गाईलाई उपस्थित गराएका बखत न्यायाधीशले फैसला सुनाएका छन् ।गाईको स्वामित्वका विषयमा चलिरहेको एक मुद्दाका क्रममा सो गाईलाई नै अदालतमा उपस्थित गराइएको हो ।
स्थानीय श्याम सिंह र ओमप्रकाश नामका दुई व्यक्तिबीच उक्त गाइको मालिक को हो ? भन्ने विषयमा विवाद चलिरहेको थियो, विगत एक वर्षदेखि । यस विषयमा स्थानीय पुलिस चौकीमा उजुरी परेको र प्रहरीले विवाद मिलाउन अनेक कोसिस गर्यो । तर पुलिस चौकीमा विवाद मिलाउन नसकेपछि सो विवाद अदालतमा प्रवेश गरेको थियो, गत अप्रिलमा ।
अदालतमा पेशीको दिन सो गाईलाई इजलासमा पेश गरियो । तर त्यसदिन न्यायाधीश आफ्नो नियमित इजलास कोठाबाट बाहिर अदालत परिसरमा गाई बाँधिएको ठाउँमा आएरै इजलास खडा गरे ।
त्यसपछि उनले सो गाईको नजिकै आफुलाई मालिक दाबी गर्ने दुबैजना वादी प्रतिवादीलाई उभ्याए । त्यसपछि उनले पालैपालो गाईलाई समाएर घुमाउन तथा सुम्सुम्याउन लगाए । उनले दुबै जनाप्रति गाईले देखाउने प्रतिक्रियालाई निकै गम्भीर ढंगले हेरे । अदालतमा दुबै पक्षको बयान पनि लिइयो । गाईको भौतिक पहिचानीकरण समेत गरिएको थियो ।
यी सबै प्रक्रिया पश्चात् न्यायाधीशले आफ्नो फैसला सुनाए । जस अनुसार उक्त गाईका वास्तविक मालिक ओमप्रकाश रहेको ठहर गर्दै उक्त गाई ओमप्रकाशलाई हस्तान्तरण गर्न समेत अदालतले आदेश दिएको छ । एजेन्सीको सहयोगमा
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु