पोखरा । करिब डेढ बर्ष अघि जिल्ला ट्राफिक कार्यालय कास्कीले सवारी साधनले जथाभावी हर्न बजाउँदा ध्वनी प्रदुषण भएको भन्दै पोखराका बिभिन्न मुख्य सडकमा ‘नो हर्न’ कार्यक्रम लाुग गर्याे । केही दिन निषेधित क्षेत्रमा हर्न बनाउने सवारी कारवाहीमा पनि परे । तर, प्रहरीको ‘नो हर्न’ कार्यक्रमले सर्वसाधरणलाई झन सास्ती थपेको भन्दै चौतर्फी बिरोध हुन थालेपछि प्रहरीले उक्त कार्यक्रमलाई निरन्तरता दिन असफल भयो ।
कास्की ट्राफिक प्रहरी असफल भएको ‘नो हर्न’ कार्यक्रम हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले लागु गर्ने निर्णय गरेको छ । प्रहरीले जिल्लाको वालिङ नगरपालिका र पुतली बजार नगरपालिकामा ‘नो हर्न’ नियम सुरु गरेको छ ।
ध्वनी प्रदुर्षणको कारण बच्चादेखि वृद्धवृद्धालाई असर परेको भन्दै नियम नमान्नेलाई जरिवाना लगाउने निर्णय भएको छ । अभियानलाई पूर्ण कार्यान्वयन गर्ने भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले चरणबद्ध योजना बनाइने जानकारी दिए ।
पहिलो चरणमा पुतली बजार नगरपालिका र दोस्रो चरणमा वालिङ नगर भित्र पर्ने भकुण्डेदेखि मिर्दी चोकसम्म हर्न बजाएर ध्वनी प्रदुर्षण गर्न नपाइने लम्सालले बताए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निर्देशनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको अनुरोधमा जिल्लाका २ नगरपालिकामा हर्न निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रेशमबहादुर रानाभाटले बताए । १५ दिन सुझाव दिने समय तोकेको अभियान अटेर गरे पहिलो पटक ५ सय, दोस्रो पटक १ हजार गर्दै १५ सयसम्म जरिवाना लगाउने उनको भनाइ छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान