वीरगञ्ज, १६ असार । बाराको निजगढ नगरपालिकामा एउटा अनौठो बलात्कारको घटना बाहिर आएको छ । बाबु–छोराले नाता पर्ने एक १२ वर्षीया बालिकालाई विगत डेढ वर्षदेखि आलोपालो गर्दै करणी गर्दै आएको उजुरी परेको बारा प्रहरीले बताएको छ । निजगढ नगरपालिका–४ कछडिया टोल बस्ने वर्ष ४० का मिनबहादुर माझी र १९ वर्षिय रिकेश माझीलाई ईलाका प्रहरी कार्यालयले करणीको मुद्दामा ५ दिनको म्याद थमाई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिका पक्राउ परेका मिनबहादुरको काकाको छोरी अर्थात बहिनी र रिकेशको फुपू पर्ने प्रहरीले जनाएको छ । पीडित बालिकाको आमा अर्को विहे गरेर गएको र बाबु वैदेशिक रोजगारीमा रहेको पाइएको प्रहरीले जानकारी दिएको छ । उनको संरक्षण गर्ने हजुर आमाको पनि निधन भइसकेकोले उनी एक्लै घरमा बस्दै आएकी थिइन् । एक्लै घरमा सुतिरहेको अवस्थामा कहिले बाबु त कहिले छोराले करणी गर्दै आएको पीडित बालिकाले प्रहरीमा बयान दिएकी छन् ।
पछिल्लो पटक असार ८ गते बालिकाको दाइ पर्ने मिनबहादुरले र गत जेठ २० गते भदा पर्ने रिकेशले राति साढे ११ बजेको समयमा जबरजस्ती करणी गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ । लगातार बढेका यस्ता घटनाले त्रासदी बढाएको छ । घटनाका दोषीलाई कानून अनुसार हदैसम्मको कार्वाही हुनुपर्ने अधिकारकर्मीहरुले माग गरेका छन् ।
बारामा एक साताभित्रै दुईटा करणीको घटना भएको छ । यसअघि आफ्नै १४ वर्षीया छोरीलाई बाबुले करणी गरेको आरोपमा बारा प्रहरीले जबरजस्ती मुद्दा चलाई तीर्थबहादुर सुनारलाई हिरासतमा राखेको बाराका प्रहरी नायब उपरीक्षक रन्जीतसिंह राठौरले बताएका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा रक्सी खाएर ४२ वर्षीय बुवा तीर्थबहादुर सुनारले आफनै छोरी करणी गरेका थिए ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण