काठमाडौँ । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्यालाई डेब्यू गराउने हल्ला फिल्म वृत्तमा चल्न थालेको छ । हास्य कलाकार शिवहरि पौडेल धेरै हास्यटेलिसिरियल निर्देशन गरिसकेका छन् । ‘प्वाक्क मुखमा हान्नु जस्तो’ उनको निकै नै फेमस थेगो हो । उनले अब चलचित्र पनि निर्माण निर्देशन गर्ने भएका छन् । उनको निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’को आइतबार हास्यकलाकार शिवहरि पौडेलले आफ्नो जन्मदिनको दिनको अवसरमा घोषणा गरेका थिए । उक्त चलचित्रका सह-निर्माता भने किरण र अभिनेता दिलीप रायमाझी रहनेछन् ।
आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने ‘लक्का जवान’मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ । कलाकार र अन्य प्राविधिक पक्षबारे पछि जानकारी दिने निर्माण पक्षले बताएको छ ।निर्देशक पौडेल दिव्यालाई फिल्मबाट डेब्यू गराउने पहल गरेको र केही दिनमा टुङ्गो लाग्ने बताउँछन् ।
अमेरिकामा रहेकी दिलीपकी छोरी अभिनयमा इच्छुक रहेको तर अहिल्यै डेब्यु गर्ने नगर्ने उनले आधिकारिक जानकारी दिन बाँकी रहेको खुलेको छ । उनी फिल्ममा प्रवेश गर्न इच्छुक रहेको जानकारी प्राप्त छ । एक समय टेलिभिजनको पर्दामा जमेका कलाकारहरु पछिल्लो समय फिल्म निर्माणमा निकै आकर्षित भएको देखिन्छ । महजोडी हुँदै दीपकराज गिरी र दीपाश्री निरौलासम्मले फिल्म निर्माणमा पाइला राखिसकेका छन् । चाँडै सिताराम कट्टेल र कुञ्जना घिमिरे पनि फिल्म बनाउँदैछन् । ‘भद्रगोल’ टिम पनि फिल्म निर्माणको प्रक्रियामा छ । यो भीडमा अब शिवहरी पनि थपिएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन