एजेन्सी । लण्डन क्लब आर्सनलले ब्राजिली युवा फरवार्ड ग्याब्रियल मार्टिनेलीलाई क्लबमा अनुबन्धन गरेको छ । आर्सनलले समर ट्रान्सफर अन्तर्गत १८ बर्षका ब्राजिली युवा फरवार्डलाई लामो समयका लागि क्लबमा ल्याएको हो ।
उनी ब्राजिली क्लब ईटुएनोबाट लण्डन क्लब आएका हुन् । सन् २०१७ मा डेब्यु गरेका मार्टिनेलीले ३४ खेलमा १० गोल गरेका छन् । ‘क्रिस्टियानो रोनाल्डोलाई म खेलको मोडल मान्छु ।’ उनले भने – ‘उनी यस्ता खेलाडी हुन्, जसले कडा मेहनत गर्छन् । आफैलाई अगाडीको स्तरमा धकेल्छन् । जो सधै व्यक्तिगत ट्रफी र उपाधिका लागि दौडिन्छन् ।’
‘यो मेरो सपना थियो । जब म बच्चा थिए, मेरो परिवारको सपना मैले युरोपबाट खेलोस भन्ने थियो । अझ आर्सनल जस्तो ठुलो क्लबबाट । म यो अवसर लिन गईरहेको छु ।’ उनले भने ।
ब्राजिलले कोपा अमेरिकाको अभ्यास गर्दा मार्टिनेलीलाई सिनियर टिममा बोलाईएको थियो । ‘यो निकै आश्चार्यजनक अनुभुति हो । सपना विपनामा परिणत भएको छ । राम्रा खेलाडीका सामु आफुलाई सक्षम बनाउनुपर्नेछ ।’ उनले भने ।
‘यो निकै महान अवसर हो । म जति सक्छु, मजा लिनेछु ।’ उनले थपे ।
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग