काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम देखेर मानिसहरु अत्तालिन थालेको दाबी गरेका छन् । प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा लगायतका कार्यक्रम सुरु गर्दा सरकार अझै सफल हुने भयो भनेर मानिसहरु अत्तालिन थालेको उनको विश्लेषण छ ।
देवेन्द्र पराजुली, कल्पना धमलालगायतका समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको बचाउ गरे । सरकारका आलोचकलाई खासै केही भन्नु नरहेको भन्दै उनले अघि भने, ‘चुनाव पनि नजित्नु, आलोचना गर्न नपाउनु पनि हुन्छ ? हुँदैन ।’उनले काठमाडौंमा मास्क लगाउन नपर्ने आफ्नो अभिव्यक्तिको पनि बचाउ गरेका छन् । आफूले प्रधानमन्त्री भएको बेला काठमाडौंमा मास्क नलगाई हिड्नै नसक्ने अवस्था रहेको तर अहिले त्यसमा सुधार आएको भनेको भदै उनले भने, ‘अहिले मास्क नलगाएर पनि हिड्न सकिन्छ । यसलाई सुधार गर्दैछौं भनेको थिएँ ।’
त्यसपछि सरकारको विरोधका लागि केहीले मास्क लगाउन थालेको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला । तर, यसले बाटो सफा गर्ने हाम्रो काम रोकिँदैन ।’
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण