काठमाडौँं– भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने पूर्ववत आफ्नै निर्णय परिवर्तन गरेको छ । भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको स्रोतले बतायो । यद्यपि सरकारले विषादी परीक्षणका लागि आवश्यक तयारी नभएकाले स्थगितको निर्णय गरिएको बताएको छ ।
सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न चर्को दवाव दिँदै आएको थियो । भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दिएको दबाबपछि आफ्नो निर्णबाट पछि हटेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाकामा विषादी जाँच नगर्ने निर्णय गरेको बताईन्छ ।
पूर्वएमाले निकट ती मन्त्रीका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी जाँच नगर्ने ठाडो प्रस्ताव लगेका थिए । ‘हाम्रो राष्ट्रवाद कस्तो हो भन्ने यसैबाट बुझिन्छ । यो भन्दा अरु के भन्न सकिन्छ र !’ व्याङ्ग्यात्मक शैलीमा ती मन्त्रीले भने, ‘जतिसुकै ठूला र चर्का कुरा गरेपनि भारतको दबाब थेग्न मुस्किल रहेछ ।’
मन्त्रिपरिषद्को यो निर्णयसँगै भन्सार नाकामा शुक्रबारबाटै भारतबाट नेपाल भित्रिने तरकारी र फलफुल जाँच नगरी नेपाल पठाउन सर्कुलर जारी गरेको भन्सार विभागका एक उच्च अधिकारीले बताए । गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा असार २ गतेदेखि भारतबाट नेपाल आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु भएको थियो । हाल कालीमाटी र सर्लाहीको हरिवनमा मात्रै फलफूल तथा तरकारीका विषादी परीक्षण हुन्छन् । कालीमाटी बजारमा आउने तरकारी तथा फलफूल ४० प्रतिशत भारतबाट आउँछ । बाँकी ६० प्रतिशत बजार स्थानीयले ओगटेको छ । भन्सारमा विषादी परीक्षणका उपकरण नहुँदा आयतकर्तालाई काठमाडौँमै आएर परीक्षण गराउनुपर्ने अवस्था छ ।
अहिले सरकारले विषादी परीक्षण नगरेको तरकारी तथा फलफूल आयातमा रोक लगाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २६ अर्ब ४६ कोड ७५ लाख रूपैयाँ बराबरको तरकारी र १७ अर्ब ३ करोड ९६ लाखको फलफूल आयात भएको छ । तर, नेपालबाट यस अवधिमा १ अर्ब २२ करोड ९९ लाख बराबरको तरकारी तथा फलफूल निर्यात भएको छ ।
किन हुनुपर्छ विषादी चेक जाँच ?
कुनै पनि देशसँग उसको मुलुक भित्रने वस्तु तथा सामानको चेक जाँच गर्न पाउने अधिकार रहन्छ । अझ खाद्यान्नमा त विषादी चेकजाँच कडा हुनुपर्छ । तर त्यसका लागि आवश्यक सयन्त्र र जनशक्ति हुनु आवश्यक छ ।
अहिले आयात रोकिएको कारण देखाउँदै नेपाली व्यवसायीले तरकारीको मूल्य बढाएका छन् । आधाजसो तरकारी बाहिरी मुलुकबाट आउने भए पनि झण्डै आधाजसो नेपालकै उत्पादनले धान्छ तर पनि उताको कारण देखाउँदै स्वदेशी तरकारीको मूल्य २ सय प्रतिशतसम्म बढाएका छन् । यस्तो अवस्थामा सरकारले यहाँको उत्पादनको पनि विषादी चेकजाँच गर्नुपर्ने उपभोक्तावादीहरु बताउँछन् ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण