दार्चुलामा एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका युवायुवतीका बारेमा आश्चर्यजनक कुरा बाहिरिएका छन् । महाकाली नगरपालिका–४ जिल्ला सदरमुकाम खलंगाको एक होटेलमा विवाहित महिला र पुरुष एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको थियो । शैल्यशिखर नगरपालिका–५ आगरका अन्दाजी ३० वर्षीय महादेवसिंह डाँगा र २२ वर्षीया मनिषा डाँगा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । महादेवको दुई वटा फेसबुक आइडीमा बहिनीसँगैको फोटोहरु पोष्ट भएका छन् । बहिनी मनिषाको बिहे भएपछि उनले शेयर गरेका पोष्टहरु हेर्दा प्रेममा परेको पुष्टि हुन्छ । महादेव विक्षिप्त बनेको स्टाटस र पोष्टहरुले देखाउँछ ।
उनिहरुको आफन्तका अनुसार महादेवका घरमा दुई पत्नी छन् भने मनिषाको जेठ महिनामा मात्रै विवाह भएको थियो ।

मनिषाको माइती घर भने शैल्यशिखर नगरपालिका–५ आगर नै हो । मृतक दुबै छिमेकी मात्रै नभई नाताले दाजुबहिनीसमेत रहेका आफन्तहरूले बताएका छन् ।शैल्यशिखर–५ आगर माइतीघर भएकी मनिषाको गत जेठ महिनामा मात्रै मालिकार्जुन गाउँपालिका–४ औतालेकमा विवाह भएको थियो । सोमबार साँझतिर सदरमुकाम आइपुगेका नाताले दाजुबहिनी भए पनि होटेल सञ्चालकसँग पति-पत्नी नाता भनेका थिए । उनिहरुले मंगलबार बिहानै जानुपर्ने जानकारीसमेत गराएका थिए ।
मंगलबार बिहान होटेल सञ्चालक कोठामा जाँदा ढोका नखोलेको र झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो । मृतक दुबैको फोटो सोमबार नै फेसबुकमा ‘रिप’ लेखी पोस्ट गरिएको छ ।

मृतक महादेव डाँगाको नाममा खोलिएको फेसबुक आइडीमा सोमबार राती ११ बजेर १७ मिनेटमा मृतक दुबैको युगल फोटो फेसबुकमा पोस्ट भएको पाइएको छ । महादेवको फेसबुक आइडीमा यसअघिका विभिन्न पोस्टहरूमा पनि मृतक मनिषा र महादेवको फोटोमा ‘बहिनी र म’ लेखेर पोस्ट गरिएका थिए ।

२१ जुन अर्थात् असार ६ गतेको पोस्टमा सोही फेसबुक आइडीमा युगल फोटो सहितको फोटो पोस्ट गरिएको थियो । घटनाको प्रकृति हेर्दा र प्रारम्भिक अनुसन्धानबाट प्रेम सम्बन्ध भएको हुन सक्ने आशंका गरिएको प्रहरी श्रोतले बताएको छ ।

सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष