काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता हुन नदिन प्रतिक्रियावादीहरुका तर्फबाट आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले कहिले कसैलाई, कहिले कसैलाई प्रधानमन्त्री बन्ने अफर दिएर पार्टी एकता बिथोल्ने ठूलो प्रयास भएको बताए। तर आफूहरु कसैको लोभ लालच र धम्कीको प्रलोभनमा नपरेको उनको भनाई छ ।
‘पार्टी एकता हुन नदिन प्रतिक्रियावादीका तर्फबाट प्रधानमन्त्रीको अफर गर्ने कोशिस नभएका होइनन् तर हामीले कुनै लोभ लालच, प्रलोभन र धम्कीसँग नझुकेर पार्टी एकता गर्यौँ, यसलाई बचाउने जिम्मेबारी अब तपाई हाम्रो काँधमा आएको छ’, प्रचण्डले भने, ‘इतिहासले हामीलाई ठूलो जिम्मेबारी दिएको छ ।
उनले पार्टी एकता हुनै सक्दैन, भए पनि टिक्दैन भनेर गरिएको प्रचार जनताले नै झुटो प्रमाणित गरि दिएको बताए । ‘उमेद्बार छान्नमै यीनीहरुको झगडा पर्छ र सकिन्छन् भनियो, त्यसपछि कम्युनिष्टले जिते अधिनायकवादी हुन्छन् भनेर पनि प्रचार गरियो तर यी सब कुराहरुलाई पार लगाउँदै हामीले असाधारण विजय गर्यौँ’, प्रचण्डले भने, ‘त्यसपछि पनि पार्टी एकता टिक्दैन भनेर प्रचार नभएका होइनन् ।’
प्रचण्डले नाटकीय ढंगबाट पार्टी एकता भएको नभइ यो ठूलो राजनीतिक प्रक्रियापछि मात्रै सम्भव भएको बताए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष