एजेन्सी । बलात्कारको आरोप लागेका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोमाथि कुनै कारबाही नहुने भएको छ । रोनाल्डोमाथि बलात्कार भएको आरोप लगाउने क्याथरिन मायोर्गाले कुनै ठोस प्रमाण पेश गर्न नसकेकाले रोनाल्डोले सफाया पाउने भएका हुन् ।
अरोप लगाउनेले घटना कहाँ भएको भन्ने ठोस प्रमाण पेश गर्न नसक्नु र प्रहरी अनुसन्धानबाट पनि कारबाही गर्नका लागि कुनै आधार नभेटिएको अदालतले जनाएको छ ।
‘क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको आरोप प्रमाणित गर्ने कुनै स्पष्ट कारण देखिएन । त्यसैले कुनै कारबाही हुने छैन’ अलादतले वक्तब्यमा उल्लेख गरेका छ ।
३३ वर्षीय रोनाल्डोले सन् २००९ मा अमेरिकाको लस भेगसमा आफूमाथि बलात्कार गरेको एक अमेरिकी मोडल क्याथरिन मायोर्गाले आरोप लगाएकी थिइन् ।
एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको भन्दै अन्तवार्ता दिएपछि उनि रातारात चर्चामा आएकी थिइन् । जसका लागि रोनाल्डोलाई भेगसको पुलिसले पनि सोधपुछ पनि गरेको थियो । सोधपुछ र अनुसन्धानबाट खास कुनै प्रमाण फेला नपरेपछि रोनाल्डो कारवाही मुक्त हुने भएका हुन् ।
रोनाल्डोमाथि बलात्कार आरोप लगाउँदै गएको वर्ष जर्मन साप्ताहिक पत्रिका डेर स्पिइगलले पहिलो पटक खबर प्रकाशित गरेको थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला