एक महिनायता खसी तथा कुखुराको तयारी मासुको मूल्य अस्वभाविकरुपमा वृद्धि भएको छ । केही स्थानमा ब्रोइलर कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य ४३० रुपैयाँ र खसीको मासु १३ सय रुपैयाँसम्म पुगेको छ ।
यस्तै खसीको तयारी मासुको थोक मुल्य १२५० रुपैयाँ पुगेको छ । अनुगमन गर्ने संयन्त्र नहुँदा कुखुराको मासुको मूल्य अचाक्ली बढाइएको छ । खसी–बोकाको उत्पादन नेपालमा न्यून रहेको अवस्थामा भारतबाट ल्याउन सरकारले कडाइ गरेपछि मूल्य बढेको छ ।
राष्ट्रिय कुखुरा व्यवसायी संघका अनुसार असार महिनामा मात्रै तयारी कुखुराको मासुको मूल्य चारपटक बढेको छ । असार १० गते प्रतिकिलो ३०० रुपैयाँमा थोक बिक्री भइरहेको कुखुराको मासु असार १७ गते बढेर ३१५ रुपैयाँ कायम भएको थियो । दोस्रोपटक बढेको ८ दिनपछि असार २३ मा पाँच रुपैयाँ बढेर ३२० पुग्यो । असार ३० मा चौंथोपटक बढेर मासुको मूल्य ३५० थोक कायम भएको संघले जनाएको छ ।
सरकारले बजेटमार्फत दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थमा कर लगाएपछि दाना पनि महँगिएको र मूल्यमा असर परेको छ ।
कुखुरा र खसीको मासुमा मूल्य बढाइएको बारे स्पष्ट जवाफ पेश गर्न वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार व्यवसायीहरुलाई छलफलमा बोलाएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले मासुको मूल्यवृद्धिप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको बताए । व्यवसायीले कालोबजारी गरेको पाइए कडा कारबाही गरिने उनले चेतावनी दिए ।
बजारमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री भइरहेको व्यवसायीले नै बताएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्