काठमाडौं । बालुवाटारको जग्गा हिनामिना काण्डममा मुछिएका नेपाली कांग्रसका नेता तथा पूर्व खरिदार समेत रहेका युक्तप्रसाद श्रेष्ठले आईतबार आत्महत्या गरेका छन् । पछिल्लो समय चर्चित काण्डको रुपमा रहेको वालुवाटारको सरकारी जग्गा निजी बनाउने कार्यमा उनको संलग्न रहेको भन्दै अख्तियार अनुसन्धान आयोगले श्रेष्ठलाई छानिबन दायरामा ल्याएपछि उनले आत्माहत्या गरेका हुन् ।
केही दिन अघि अख्तियारको अनुसन्धानको क्रममा श्रेष्ठ मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा ललिता निवासको जग्गा व्यक्तिका नाममा बनाउन लागि फाइल खडा गर्ने कार्यमा संलग्नता रहेकाले उनलाई अनुसन्धानको दायरामा ल्याइएको थियो । श्रेष्ठले माछापोखरीस्थित सपिङ मलको सातौं तलाबाट हामफालेर आत्माहत्या गरेको प्रहरीले जनाएको छ । श्रेष्ठले आत्महत्या गरेका महानगरीय प्रहरी वृत्त बालाजुले पुष्टि गरेको छ ।
केही बबषै पहिले नै जागिरबाट अवकाश पाएका उनी पर्वत कांग्रेसका नेता समेत हुन् । मलको सातौ तलाबाट हामफाल्ने बितिक्कै अस्पताल लगिएको तर अस्पताल पुर्याउने वितिक्कै उनलाई डाक्टरले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन