काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हेग पुर्याइएपनि केही फरक नपर्ने बताएका छन् । सोमबार ललितपुरस्थित आफ्नै विनसमा विप्लव समूह छाडेर आएका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले आफूलाई हेग लैजाने र एक दिन भएपनि जेल हाल्ने भनेर गरिएको प्रचार डिजाइन अनुसर भएको दाबी गरेका छन् ।
कतिपयले ‘प्रचण्डलाई हेगमा लैजाने रे, एक दिन भए पनि जेलमा हाल्ने रे’ भनेर प्रचार गरिएको भन्दै उनले त्यसलाई परिवर्तन नचाहनेहरुको डिजाइनको संज्ञा दिए । ‘हेग लगे भने त म झन् विश्वकै हिरो भएर निक्लिन्छु,’ प्रचण्डले भने, ‘तर यिनीहरुले मलाई हेग लैजान्छन् र विश्वको हिरो बनाउँछन् भन्ने लाग्दैन । त्यो हुन दिन चाहँदैनन् ।’
हेग पुर्याए संसारका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ, शान्तिको पक्षमा रहेछ भनेर बुझ्ने भन्दै प्रचण्डले त्यो आफ्ना लागि गर्वको कुरा हुने बताए । प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेसम्म आफूहरु कोही पनि कमजोर नहुने बताए । ‘यो रहँदासम्म हामीलाई जहाँ लगेपनि हामी हिरो । यो नै उल्टियो भने नेपालले दुःख पाउने नेपाल नै बर्बाद हुने खतरा छ’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भनेका छन् ।
लोकातान्त्रिक गणतन्त्र ल्याउने पार्टी, त्यसका नेताहरुलाई बदनाम गर्न पाइयो भने यसलाई उल्ट्याउन सकिन्थ्यो भनेर आजभोलि अलि बढी फोकस गरेर आफूहरु विरुद्ध षडयन्त्र र प्रचार गर्ने प्रयास भएको बताए ।
‘विप्लव नेकपामा आउनुपर्छ या सिद्धिनुपर्छ’
प्रचण्डले विप्लव समूहले सिद्धिने या नेकपामा समाहित हुने एक विकल्प रोज्नुपर्ने पनि बताएका छन् । प्रचण्डले भने, ‘ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ, कुनै उपाय छैन । या त सिद्धिनपर्छ ।’ नेत्रविक्रम चन्द (विप्लव) समूहले थालेको संघर्ष सफल नहुने उनले दाबी गरे । पेरुको, फिलिपिन्सको, श्रीलंकाको लिट्टे जस्तै समाप्त हुने खतरा रहेकाले आफूहरु शान्ति प्रक्रियामा आएको उनले बताए ।
माओवादी पार्टी विभाजन हुनुको जिम्मेवारी आफूले लिने पनि उनले बताए । प्रचण्डले भने, ‘यसको जिम्मेवारी मैले नै लिनुपर्छ, म मुख्य लिडर हुनुको नाताले त्यो बेलामा साथीहरुलाई बुझाउन सकिनँ ।’
तर, नेता मातृका यादव, महेन्द्र राय यादव लगायतको उदाहरण दिँदै र नवप्रवेशीलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा पार्टी परित्याग गरेकाहरु पनि अहिले फर्किन थालेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘तपाईंहरु ठीक समयमा, ठीक निर्णय गरेर ठीक ठाउँमा नै आउनु भएको छ । मैले भन्ने गरेको छु, ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ ।’
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष