भारतीय पूर्वविवदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ। स्वराजको मंगलबार राति दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो। स्वराजको हृदयघातका कारण निधन भएको हो। हृदयघातपछि स्वराजलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो। ६७ वर्षीया स्वाराज लामो समयदेखि बिरामी थिइन्। सुषमा स्वराज भारतकी सबैभन्दा कम उमेरकी क्याबिनेट मन्त्री बनेकी थिइन् भने पहिलो मुख्यमन्त्री रहेकी पनि भारतीय संचारमाध्यमले जनाएका छन्।
उनी पहिलो महिला मुख्यमन्त्री पनि थिइन्। सन् १९९८ मा उनी दिल्लीकी मुख्यमन्त्री बनेकी थिइन्। इन्दिरा गान्धीपछि दोस्रो महिला विदेशमन्त्री स्वराज थिइन्। शुष्माको सन् २०१६ मा मन्त्री रहेका बेला नै किड्नी ट्रान्सप्लान्ट गरिएको थियो। सत्ताधारी भारतीय जनता पार्टीकी नेतृ स्वराज यसअघी भाजपाकी प्रमुख प्रतिपक्ष दलकी नेतृसमेत रहेकी थिइन्। स्वराजलाई सन् २०१४ मा प्रधानमन्त्रीको रूपमा पनि हेरिएको थियो। भारतीय राजनीतिमा सुषमा स्वराजलाई रोल मोडलका रूपमा लिइन्छ।
उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री तथा भाजपा अध्यक्ष अमित शाह, भारतीय कांग्रेस तथा कांग्रेस नेता राहुल गान्धीसहितले दुःख व्यक्त गरेका छन् । सुषमाको बुधबार अपराहन्न४ बजे अन्तिम संस्कार गर्ने तयारी छ । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव राखिने बताइएको छ ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन