अहिले युट्युबमा ट्रेण्डिङमा रहने विषयमध्ये पर्छ ‘स्ट्याण्ड अप कमेडी शो’। युट्युबबाटै कति स्टार पनि बने । संघीय राजधानी काठमाण्डौका युवाहरु समूह -समूहमा यस्ता शो खिच्दै युट्युबमा अपलोड गर्ने गर्छन । यसलाई अब पोखराका युवाहरुले पनि निरन्तरता दिने भएका छन् । पोखरामा पनि युवाहरुको एक समूहले यो शो आयोजना गर्ने भएको छ । उनीहरु ‘स्ट्याण्ड अप कमेडी क्लब पोखरा’ नामक समूह बनाएरै अघि बढेका छन् ।
आज ९शुक्रबार लेकसाइडस्थित अल्टिट्युड रेष्टुरेन्ट एण्ड बारमा बेलुका ७ बजेबाट शो गरिने आयोजक मध्येका एक सुन्दर सुवेदीले जानकारी दिए । उनका अनुसार पोखराका ५ युवक र १ युवतीले त्यहाँ प्रस्तुति राख्नेछन् । यो शो सफल भएमा यसलाई निरन्तरता दिने र स्ट्याण्ड अप कमेडी कलाकारहरुलाई बटुल्दै अगाडि बढ्ने आयोजकको योजना रहेको छ ।
स्ट्याण्ड अप कमेडी शो संयुक्त राज्य अमेरिकाको थोरै मौलिक कलामध्ये एक हो । नेपाली शैलीमा वक्तृत्वकला जस्तै जस्तै यसमा हाँस्य शैली हाबी हुन्छ । चोटिलो शब्द, व्यंग्यात्मक वाण हान्ने यो शोमा मञ्चमा उभिएर बोलेरै मान्छे हँसाउनुपर्ने हुन्छ । खुबी भएकाहरु ठूलै नाम दाम कमाउन सक्नेछन् । पछिल्लो समय यस्ता शोमा अपाच्य शब्दको प्रयोग हुने गरेको पाइन्छ । तर पोखरामा हुने शोमा यसलाई स्थान नदिइने भएको छ ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु