पोखरा । पोखराको लेकसाइडलाई चौबीसै घण्टा खुलाउन आवश्यक सुरक्षा व्यवस्था दिन प्रहरी सक्षम रहेको प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले बताएका छन् ।
संघीय प्रहरी इकाइ कार्यालय पोखराको नवनिर्मित कार्यालय भवन उद्घाटन तथा व्यारेक भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।उनले नचाहिने गतिविधि गर्नेलाई तत्काल प्रहरी कठघरामा उभ्याइने चेतावनी दिए । चर्को आवाज दिने मोटरसाइकल नियन्त्रणमा लिन र रातिको समयमा हुलहुज्जत गर्नेलाई तत्काल पक्राउ गर्न उनले गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेलाई निर्देशन दिए ।
विगतमा मुस्कानसहितको सेवा भनिए पनि त्यो प्रभावकारी नभएको टिप्पणी उनले गरे । उनले आफ्नो पालामा ल्याइएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम निकै प्रभावकारी बन्दै गएको दाबी गरे । उनले व्यवसायलाई पनि पैसा कमाउने मात्र नहेरी मर्यादामा रहेर व्यवसाय गर्नुपर्ने सुझाव दिए । २ करोड ७८ लाख ७० हजार रुपैयाँ लागतमा १६ कोठा भएको साढे २ तले भवन निर्माण गरिएको हो । यस्तै उनले ३ करोड २५ लाख लागतमा बन्ने संघीय प्रहरी कार्यालयको व्यारेक भवनको पनि शिलान्यास गरेका थिए ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला