काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली दिउँसो साढे १ बजे थाई एयरको विमानबाट सिंगापुर प्रस्थान गरेका हुन् । दुईसाता अघि स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका ओली थपउपचारका लागि सिंगापुर गएका हुन् । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको क्रियाटिनिनको मात्रा नरोकिएपछि विशेष औषधिउपचारका लागि आज सिंगापुर गएका हुन् ।
मिर्गौला रोग विशेषज्ञ चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीको क्रियाटिटन बढ्नुको अर्थ मिर्गौला पुनः विग्रनु हो । डा काफ्लेका अनुसार प्राय मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा प्रत्यारोपण गरेको ५ वर्ष पछि मिर्गौलामा पुनः समस्याहरु आउँछ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेकाले मिर्गौलामा पुनः समस्या आएको हुनसक्ने डा काफ्लेको भनाइ छ ।
‘प्रधामन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भयो, प्रत्यारोपण गरेको मिर्गौला सधै स्वास्थ्य भइरहदैन, क्रियाटिनिन बढ्नुको अर्थ भनेको मिर्गौला विग्रनु हो ‘त्यो क्रियाटिनिन बढ्नुको कारण भनेको औषधि असर, पिसाब सम्बन्धि समस्या, वा मिर्गौला सुक्नु हो ।, मिर्गौला सुक्दै गएमा त्यो मिर्गौला विग्रन्छ, फेरी प्रत्यारोपण गर्नुपर्छ ।’
प्रधानमन्त्रीको प्रत्यारोपण गरेको मिर्गौलामा पुनः खराबी आउन थालेकाले उहाँलाई सिंगापुर लान तयारी भएको हुनसक्ने डा काफ्लेको भनाइ छ । प्रधानमन्त्री ओलीको मिर्गौला जोगाउन विशेष प्रकारको उपचारका लागि सिंगापुर जान लागेको हुनसक्ने डा काफ्ले बताउँछन् ।
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन