दमौली । गण्डकी प्रदेशको तनहुँ जिल्ला तुइनरहित बनेको छ । जिल्लाका विभिन्न आठ ठाउँमा रहेका तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएपछि तनहुँ तुइनरहित भएको हो ।
विसं २०७२ असोज २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट तुइन विस्थापित गर्ने घोषणाबमोजिम जिल्लामा प्राविधिक कार्यालय र गैरसरकारी संस्था समन्वय समितिले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेका छन् ।
जिल्लाका सबै तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए । उनका अनुसार अन्तिम तुइन विस्थापित गर्ने क्रममा बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ जोड्ने खहरेमा सेती नदीमाथि झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।
“तुइनमार्फत यात्रा गर्दा धेरै सर्वसाधारणले अकालमा ज्यान गुमाउनुपरेको छ”, जिल्ला समन्वय समिति तनहुँका प्रमुख वाग्लेले भने, “तुइन विस्थापित गरी झोलुङ्गे पुल बनेपछि सर्वसाधारणलाई सहज भएको छ ।”
गैरसरकारी संस्था समन्वय समितिलाई तुइन विस्थापित गर्न ‘प्राक्टिकल एक्सन’ नामक संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । एकसय २० मिटरभन्दा लामो झोलुङ्गे पुलको काम तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन र १२० मिटरभन्दा छोटो दूरीका झोलुङ्गे पुलको काम सम्बन्धित जिल्ला विकास समितिमार्फत भएको थियो ।
देवघाट गाउँपालिका–४ र चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित मुग्लिङ नारायणखण्ड जोड्ने स्थानमा र शुक्लागण्डकी नगरपालिकाको झरौटा र ढोरफिर्दी जोड्ने सेतीनदीमा जिल्ला प्राविधिक कार्यालयले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने