अष्ट्रेलीया लैजाने भन्दै नेपालीहरूको विचल्लि पार्ने ६ जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। प्रहरीले मानव वेचबिखन तथा ओसारपसारमा संलग्न एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरि सार्वजनीक गरेको हो। पक्राउ पर्नेहरुमा भारतको पञ्जाव घर भई हाल इन्डोनेशियाको जकार्ता बस्ने ३० वर्षीय पुरुषोत्तम लाल, पर्वतको कुस्माका २७ वर्षीय शिवशर्मा, काभ्रेको गोठापानीकी २२ वर्षिया अस्मिरा चौलागाईं रहेका छन्। प्रहरीले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागबाट पक्राउ गरेको हो।
यस्तैगरी दोलखा घर भई काठमाडौं बस्दै आएका ३० वर्षीय शशि लामा भन्ने शशिकुमार तामाङ ठमेलबाट, म्याग्दीको बेनी घर भई पोखरा बस्ने ३० वर्षका डोलेन्द्र कार्की माइतीघरबाट पक्राउ परेका छन्। प्रहरीले काभ्रेको पनौतीका २८ वर्षीय अर्जुन कार्कीलाई पनि बबरमहलबाट पक्राउ गरी सार्वजनीक गरेको छ। उनीहरूले संगठीत रूपमा अष्ट्रेलियामा लगी आकर्षक रोजगारी दिने र अध्ययनको प्रलोभनमा पारि विभिन्न जिल्लाबाट मानिसहरुलाई काठमाण्डौ ल्याउने गरेका पाईएको छ। ‘जर्नी टु अष्ट्रेलिया’ नामको फेसबुकमार्फत झुटो आइडी प्रयोग गरी म्यासेज गर्दै भिसा लगाइदिने भन्दै उनीहरूले प्रतिव्यक्ति १५ लाखदेखि २० लाखसम्म रकम असुल गरेको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ। पैसा उठाइसकेपछि उनीहरूले काठमाडौंबाट मलेसिया हुँदै इन्डोनेसियामा पुर्याएपछि पीडितहरूको राहदानी, नगद तथा भिसा समेतका कागजात नियन्त्रणमा लिई त्यहाँ बस्ने भारतीय मूलका व्यक्तिहरूसँगको मिलिमतोमा भाडामा लिइएको अपार्टमेन्टमा बन्धक बनाएको खुलेको छ। उनीहरूलाई पर्याप्त खानासमेत नदिई कुटपिट गरी, आर्थिक, शारिरिक तथा मानसिक शोषण गरी मानव बेचबिखन तथा ओसारपसारको कसुर अपराध गरेको प्रहरीले जनाएको छ।
मानव वेचविखन अनुसन्धान ब्युरोको पहलमा पीडितहरूलाई उद्दार गरी यसअघि नै नेपाल फकाईएको छ। पीडितहरूको उजुरीका आधारमा ब्युरोको टोलीले यही भदौ ३ गतेदेखिका विभिन्न मितिमा काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार अनुसन्धान अगाडि बढाएइको र अन्य संलग्नहरूको खोजी गरिरहेको ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन