मलेसिया सरकारले अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकका लागि आममाफी कार्यक्रम सञ्चालन गरिरहेको छ। यो सँगै मलेसियन प्रहरीले अवैधानिक कामदारको धरपकड पनि तीव्र रूपमा अगाडी बढाएको छ। यसैका लागि विभिन्न सहरहरूमा व्यापक खोजतलास पनि सुरु गरिसकेको छ।
खोजतलासको क्रममा एकै दिनमा अवैधानिक रूपमा बस्दै आएका १ ०६ जना विदेशी नागरिक पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेहरूमा ५ जना नेपाली सहित ४३ जना म्यानमार, ३२ जना बङ्गलादेश, १२ जना भारत, ९ जना इन्डोनेसिया, २ जना नाइजेरिया, २ जना श्रीलङ्का तथा एक जना पाकिस्तानका नागरिक रहेका छन्।
धरपकड सँगसँगै ‘ब्याक फर गुड’ नामक ५ महिने आममाफी कार्यक्रम पनि सञ्चालन भइरहेको छ। जस अन्तर्गत ७ सय रिंगेट जरिवाना तिरि हवाई टिकट आफै काटेर नेपाल फर्कन सक्छन्।
आममाफी बारे थप जान्न यी लेख पढ्नुहोस्:
मलेसिया सरकारले ल्यायो ५ महिने आममाफी कार्यक्रम, अवैधानिक कामदार जरिवाना तिरेर फर्किन पाउने
मलेसिया आममाफीबारेमा मलेसियाको नेपाली राजदूतावासले निकालेको महत्त्वपूर्ण सूचना
मलेसिया आममाफीमा को सहभागी हुन पाउने, को नपाउने?
मलेसियाको आममाफीमा सहभागी हुन चाहनेले जान्नैपर्ने दूतावासको केही सम्पर्क नम्बरहरू
समयसमयमा आममाफी कार्यक्रम सञ्चालन गर्दै अवैधानिक आप्रवासी कामदारलाई घर फर्किने मौका दिँइदै आएको छ। मलेसियामा गैरकानुनी आप्रवासी बस्ने समस्या देशको प्रमुख समस्या मध्येको एक बन्दै गएपछि पछिल्लो समयमा मलेसिया सरकारले यस्ता कामदार माथि कडाइ गर्न थालेको हो।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन