पोखरा । बिग एफएम १०१.२ ले अघिल्ला वर्षहरुमा झैं यसपटक पनि तीजको अवसरमा आयोजना गरेको ‘बिग तीज बिग धमाका’ रेडियो गेम शो आजबाट सञ्चालन हुँदै छ ।
गण्डकी प्रदेशकै सर्वोत्कृष्ट रेडियोले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर फिस्टेल डेरी प्रा.लिको उत्पादन नोभा दहीसँगको सहकार्यमा यस पटक पनि रेडियो गेम शोलाई निरन्तरता दिएको हो । आजबाट सुरु हुने रेडियो गेम शो भदौ १५ गतेसम्म चल्नेछ ।
‘नोभा दही बिग तीज, बिग धमाका’ रेडियो गेम शोमा स्रोताहरुले एसएमएस र फेसबुकमा कमेन्ट गरी सहभागिता जनाउन पाउनेछन् । गेम शोका लागि आज “तीजको रहर आयो बरिलै ” कुन नेपाली चलचित्रको गीत हो ? भन्ने प्रश्न रहेको छ । यसका लागि अप्सन ‘ए’ मा कन्यादान र अप्सन ‘बी’ मा कुमारी रहेको छ ।
गेम शोमा सहभागी हुन सोहि प्रश्नको सही उत्तर एसएमएसमार्फत दिनुपर्नेछ । वा, रेडियोको आधिकारीक फेसबुक पेज बिग एफएम पोखरामा पोष्ट भएको प्रश्नको कमेन्ट बक्समा सही उत्तर लेख्नुपर्नेछ ।
‘नोभा दही बिग तीज, बिग धमाका’ को विजेता साँझा ७ बजेपछिको कार्यक्रममार्फत छनौट हुनेछन् । एसएमएस मार्फत स्रोताले आफ्नो मोबाईलको म्यासेज बक्समा गई बिआईजी स्पेश एफएम लेखी सही उत्तर ए वा बी टाईप गरी ३४३२१ मा सेन्ड गर्नुपर्नेछ ।
सही उत्तर दिने एसएमएसकर्ता मध्येबाट लक्की ड्र गरेर हरेक दिन दैनिक दुई जना तथा फेसबुक कमेन्टमा सही उत्तर लेख्ने मध्ये दुई जनालाई गोलाप्रथाबाट छनौट गरी नगद एक हजार साथमा फिस्टेल डेरीबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने रेडियोले जनाएको छ ।
तीन दिनसम्म सही उत्तर दिने सबैमध्येबाट लक्की ड्र मार्फत एक जना छनौट गरी बम्पर उपहार आधा तोला सुनको गहना प्रदान गरिने कार्यक्रम संयोजक शंकर तिवारीले बताए ।
नोभा दहीका उत्पादक फिस्टेल डेरी प्रा.लि. मार्केटिङ म्यानेजर किर्तीराज पौडेलले यस क्षेत्रमै रेडियो इभेन्टमा नम्बर वान बनेको एफएम मार्फत तीजको कार्यक्रममा आफूहरु जोडिन पाउँदा खुशी लागेको बताए ।
नोभा ब्राण्डका दुध दहीहरु पोखरामा सर्वप्रिय रहेको भन्दै उनले अझै बजारीकरणका लागि रेडियोका यस्ता कार्यक्रमहरु लाभदायक हुने र महिला दिदीबहिनीका पर्वमा जोडिने राम्रो बहाना समेत मिलेको बताए । नोभा दहीले विगत ३ वर्षदेखि हरेक तीजमा यो इभेण्टमा सहकार्य गर्दै आएको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
गोरखाको बारपाकमा आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण
गोरखामा बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, आमा गम्भीर घाइते
सरकारी तथा गैरसरकारी कार्यालयका कागजात कीर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’