एजेन्सी । भनिन्छ मानिसलाई रिस उठेपछि आँखा देख्दैनन् । यसै भनाईसँग मेल खाने एउटा घटना अहिले चर्चामा रहेको छ । अमेरिकाको फ्लोरिडा शहरमा बस्ने एक युवाले आफ्नो प्रेमिकासँग रिस उठेपछि यस्तो अचम्मको हर्कत गरेका छन् जसकारण उनलाई जेल जानुपरेको छ ।
अमेरिकी सञ्चारमाध्यम न्यूजविकका अनुसार २० वर्षिय आरोपी हन्टर मिल्स आफ्नी प्रेमिकासँग यतिसम्म रिसाए की उनले प्रेमिका चढेको कारमा जेसीबी डोजर ल्याएर माटो हालिदिए । धन्न प्रेमिका कारबाहिरै थिइन र उनलाई केही भएन । तर, प्रेमिकाले चढेको सेतो काडिल्लाक कारको छत माटोले पुरियो र कारको भित्री भागमा पनि माटो पस्यो ।

प्रहरीका अनुसार मिल्सले आफ्नी प्रेमिकालाई कुरा गर्न आफूले काम गर्ने ठाउमा बोलाएका थिए । उनकी प्रेमिका अरु नै मानिसको कार लिएर उनलाई भेट्न गएकी थिइन्, त्यो कुरा उनलाई मन परेन । त्यसपछि उनीहरु बीच मनमुटाव भयो ।
प्रेमिकाले आफ्नो एक प्रश्नको उत्तर दिन नमानेको झोँकमा मिल्सले जेसिबी ल्याएर कारको छतमा माटो हालिदिए ।उनको त्यस्तो हर्कतको कारण कारको मर्मतमा एक हजार डलर भन्दा बढी खर्च हुने बताइएको छ । उक्त रकम मिल्सबाट क्षतिपूर्ती भराउने गरी मुद्दा चलाइएको छ । स्थानीय प्रहरीले यस घटनाको तस्विर आफ्नो ट्विटर एकाउन्टमा सेयर गरे पछि यो घटना चर्चित भएको थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर