काठमाडौं । साफ यू-१५ च्याम्पियनसिपकाे उपाधि भारतले जितेको छ । फाइनल खेलमा नेपालविरुद्ध शानदाल जित निकाल्दै भारतले उपाधि उचालेको हो ।
शनिबार भएको फाइनल खेलमा भारतले नेपालाई ७-० गोलअन्तरले हरायो । पहिलो हाफमा ३ गोलले पछि परेको नेपालले दोस्रो आफमा थप चार गोल खान पुग्यो । भारतको उपाधि यात्रामा सिद्वार्थले ह्याट्रिक पुरा गरे । यस्तै महेसन सिंह, मनन्दित माकेस, शिवजित सिंह, हिमांश जंग्राले एक-एक गोल गरे । योसँगै नेपाल तेस्रो पटक फाइनल पुगेर उपाधि जित्नबाट बञ्चित भयो । भारतले भने तेस्रो पटक उपाधि जित्न सफल बन्याे ।
भारतले उत्कृष्ट प्रर्दशन गर्दा नेपालको खेल रक्षात्मक देखिएको थियो । लज्जास्पद हारसँगै नेपालले उपविजेतामा चित्त बुझाएको छ । राउन्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा पनि नेपाल भारतसँग ५-० ले पराजित भएको थियो । त्यसपछिका खेलमा भने नेपालले श्रीलंका, भुटान र बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गर्दै जित निकालेको थियो । फाइनल खेलमा भने नेपालमाथि पुनः भारत हावी भयो ।
सम्बन्धित खबर
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग