साफ यू-१५ च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल ७-०ले पराजित

साफ यू-१५ च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल ७-०ले पराजित

nepal u-15

काठमाडौं । साफ यू-१५ च्याम्पियनसिपकाे उपाधि भारतले जितेको छ । फाइनल खेलमा नेपालविरुद्ध शानदाल जित निकाल्दै भारतले उपाधि उचालेको हो ।

शनिबार भएको फाइनल खेलमा भारतले नेपालाई ७-० गोलअन्तरले हरायो । पहिलो हाफमा ३ गोलले पछि परेको नेपालले दोस्रो आफमा थप चार गोल खान पुग्यो । भारतको उपाधि यात्रामा सिद्वार्थले ह्याट्रिक पुरा गरे । यस्तै महेसन सिंह, मनन्दित माकेस, शिवजित सिंह, हिमांश जंग्राले एक-एक गोल गरे ।  योसँगै नेपाल तेस्रो पटक फाइनल पुगेर उपाधि जित्नबाट बञ्चित भयो । भारतले भने तेस्रो पटक उपाधि जित्न सफल बन्याे ।

भारतले उत्कृष्ट प्रर्दशन गर्दा नेपालको खेल रक्षात्मक देखिएको थियो । लज्जास्पद हारसँगै नेपालले उपविजेतामा चित्त बुझाएको छ । राउन्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा पनि नेपाल भारतसँग ५-० ले पराजित भएको थियो । त्यसपछिका खेलमा भने नेपालले श्रीलंका, भुटान र बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गर्दै जित निकालेको थियो । फाइनल खेलमा भने नेपालमाथि पुनः भारत हावी भयो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds