पोखरा । चार पटकको च्याम्पियन न्यू डायमण्ड एकेडेमीले नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा शनिबारदेखि सुरू राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
चितवन टाईगर्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले सुखद सुरुवात गरेको हो । प्रतियोगितामा शनिबारको खेलमा जित हात पार्दै गण्डकी प्रदेश र न्यू-डायमण्ड एकेडेमी काठमाडौंले विजयी सुरूआत गरेका हुन्। शनिबार बिहान भएको पहिलो खेलमा गण्डकी प्रदेशले पारामाउण्ट इङ्सिल बोर्डिङ स्कुल काठमाडौंलाई २५-१४, २५-११, २५-१५ को सोझो सेटमा पराजित गर्यो।
त्यसैगरी, दोस्रो खेलमा न्यू-डायमण्ड एकेडेमीले चितवन टाईगर्स क्लबलाई २५-१४, २५-२०, २५-१४ को सोझो सेटमा पराजित गरेको छ। न्यू डायमण्डबाट सिपोरा गुरुङ मैदान उत्रिएकी थिइन्। चोटका कारण लामो समय कोर्ट बाहिर रहेकी सिपोराले न्यू डायमण्डबाट खेल्दै घरेलु भलिबलमा पुनरागमन गरेकी हुन् । श्रीलंकाको कोलम्बोमा सम्पन्न १० औं दक्षिण एसियाली खेलकुद (साग) बाट राष्ट्रिय टिममा डेब्यु गरेकी सिपोराले २०६८ सालमा घुँडाको चोट बोकेकी थिईन् ।
१२ वर्षकै उमेरमा नेपाली टोलीमा डेब्यु गरेकी सिपोरा पछिल्लो समय भने सिपोरा पढाईका लागि अमेरिकामा रहदै आएकी थिइन् । तर, यसै प्रतियोगिता खेल्न सिपोरा नेपाल आएकी हुन् ।

दुई खेल वर्षाका कारण स्थगित भएको छ। गण्डकी प्रदेशविरूद्ध श्रीराम खेलकुद विकास समिति दाङ बीच खेल जारी रहँदा लगातार गण्डकी प्रदेशले दुई सेट लिएसँगै तेस्रो सेटमा वर्षाका कारण खेल स्थगित भएको हो।
आजै हुने भनिएको अन्तिम खेल न्यू-डायमण्डविरूद्ध नेपाल पुलिस क्लब बीचको खेल स्थगित भएको हो। स्थगित खेल आइतबार बिहान ७ बजेपछि हुने भएको प्रतियोगिताका खेल संयोजक शुशील कुमार श्रेष्ठले बताए।
सोमबारसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिलवालले गरेका हुन्। प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपैयाँ र तेस्रो हुनेलाई २५ हजार ५ रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने भएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सरकारको उल्टो कदमः पहिले विद्यालयमा डोजर लगायो, ४ दिनपछि सहयोग गर्ने सूचना निकाल्यो
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए